थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16
माग गरिएको सामान नलगेर ५० थान सिरक बाँड्न कोसीका मन्त्री सोलुखुम्बुमा
५० थान सिरक बाँड्न कोसीका मन्त्री सोलुखुम्बुमा, माग गरिएको सामग्री लगेनन्
थाङमिचागु डटकम संवाददाता

विराटनगर । सोलुखुम्बुको थामेका बाढीपीडितलाई माग गरिएको नलगेर अरू नै राहत सामग्री बोकेर कोसी प्रदेश सरकारको ‘जम्बो’ टोली सोलुखुम्बु पुगेको छ । मंगलबार बिहान ती सामग्री प्रदेशका दुई मन्त्रीले सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)लाई हस्तान्तरण गरे ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले पीडितलाई तत्काल चाहिने र अति आवश्यक वस्तु माग गरिए पनि त्यसबमोजिमका सामग्री उपलब्ध हुन नसकेको बताइन् ।
गएको साउन ३२ गते दुई हिमताल फुटेर सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेमा भीषण बाढी गएको थियो । सिंगो गाउँ नै बाढीको चपेटामा परेको थियो । धेरै परिवार विस्थापित बनेका छन् ।
कोसी सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लव अधिकारी र खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्की १४ जनाको दलबलसहित सोलुखुम्बु पुगेका हुन् । मन्त्रीहरूसँग सुरक्षाकर्मी, चालक, कर्मचारी, सचिवालयका प्रतिनिधि र नेकपा (एमाले)का कार्यकर्ता पनि साथै गएका थिए ।
विराटनगरबाट दुई दिनअघि हिँडेको टोली उदयपुरको घुर्मी हुँदै सल्लेरी पुगेको छ । ५०/५० थान सिरक, मेट्रिक्स र तन्ना लिएर मन्त्रीद्वयसहितको टोली सोलुखुम्बु गएको हो । ती सामग्री ढुवानी गर्न प्रदेश सरकारले करिब ४० हजार रुपैयाँ भाडा तिरेर लगेको सवारीसाधन भने विराटनगर फर्किइसकेको छ ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले थाङमिचागु डटकम संवाददाता सँग भनिन्, “हामीले पीडितका लागि खाद्यान्नसहितका अति आवश्यक वस्तु सहयोग गर्न पत्राचार गरेका थियौँ । प्रदेशका मन्त्रीज्यूहरूले ५०/५० थान सामग्री हामीलाई हस्तान्तरण गरेर फर्किनुभएको छ ।”
पीडितका निम्ति प्राप्त सहयोग होलिकोप्टरमार्फत ‘एयर लिफ्ट’ गरेर पठाउनुपर्नेमा मौसम प्रतिकूलताका कारण कठिनाइ भएको उनले बताइन् । “यसअघि हामी आफैँ प्रभावित क्षेत्र पुगेर बाढीबाट प्रभावितको वस्तुतस्थितिको जानकारी लिएका थियौँ,” प्रजिअ पाण्डेले भनिन्, “पीडितलाई तत्काल राहत चाहिएको छ । एकपटकमा हेलिकोप्टरबाट ३०० केजीभन्दा धेरै तौलका सामग्री लैजान पनि अप्ठ्यारो छ





