थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
नेपाली कांग्रेसका सभापतिका शेरबहादुर देउवा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिने बताएका छन् ।
नेपाली कांग्रेसका सभापतिका शेरबहादुर देउवा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिने बताएका छन् ।
थाङ्मीचागु डटकम सम्बादाता
२०८१ भदौ ४ गते
४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापतिका शेरबहादुर देउवा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिने बताएका छन् ।
समाजवादी चिन्तक प्रदीप गिरिको स्मृतिमा काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले सहमतिकै आधारमा संविधान संशोधन हुने बताएका हुन् ।
संविधान संशोधनका लागि आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सहमति भएको भन्दै उनले भने, उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने दुनियाँभरको चलन छ । यही सहमति बन्छ भने …।’
कांग्रेस र एमालेको सहमति कुनै पार्टीविरुद्ध नभएको समेत उनले बताए । ‘यसमा कुनै साथीभाइले आशंका गरिरहनुपर्ने आवश्यकता छैन’, ओली र आफूले सोचविचार गरेर सहमति गरेको भन्दै देउवाले भने, ‘माओवादी, माधवकुमार नेपालजीको पार्टी लगायत सबै दलहरुलाई साथ लिएर अघि बढ्ने हो ।’
उपराष्ट्रपति राष्ट्रियसभा अध्यक्ष शेरबहादुर देउवा संविधान संशोधन




