यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
Tuesday, April 21, 2026
गठ्ठाघरमा ट्रकको ठक्करबाट ज्यान गुमाएकी युवतीको पहिचान खुल्न सकेन छैना
गठ्ठाघरमा ट्रकको ठक्करबाट ज्यान गुमाएकी युवतीको पहिचान खुल्न सकेन
थाङमिचागु डटकम संवाददाता

काठमाडौं– भक्तपुरको गठ्ठाघर दुर्घटनाकी मृतकको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ। ।
भक्तपुर प्रहरी परिसरले अहिलेसम्म ज्यान गुमाएकी युवतीको पहिचान खुलिनसकेको जनाएको छ ।
काठमाडौंबाट जाँदै गरेको स्कुटरलाई बिहीबार दिउँसो पौने २ बजेतिर मालबाहक ट्रकले ठक्कर दिएको थियो । स्थानीयले युवतीलाई ट्रकले लतारेर ल्याएको र ब्याक गरेर किचेको दाबी गरेका थिए ।
ट्राफिकले स्कुटरलाई चेकजाँच गर्दै गर्दा तीव्र गतिमा आएको ट्रकले घिसारेको बताइएको छ ।
ना. ६ ख २१७३ नम्बरको मालबहाक ट्रकले बा. ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनापछि ट्रक चालक फरार रहेको प्रहरीले बताएको छ ।
उक्त शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएको छ ।





