नेपाली कांग्रेसले बंगलादेशको अन्तरिम सरकारका नवनियुक्त प्रमुख मोहम्मद युनुसलाई बधाई दिएका छन ।।।

0Shares

नेपाली कांग्रेसले बंगलादेशको अन्तरिम सरकारका नवनियुक्त प्रमुख मोहम्मद युनुसलाई बधाई दिएका छन ।।।

थाङ्मीचागु डटकम संवाददाता
शुक्रबार, २५ साउन २०८१

काठमाडौँ । नेपाली कांग्रेसले बंगलादेशको अन्तरिम सरकारका नवनियुक्त प्रमुख मोहम्मद युनुसलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले युनुसलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो ।

सो पार्टीले बंगलादेशको अन्तरिम सरकारले सबै राजनीतिक पार्टी, नागरिक समाज र आन्दोलनकारी पक्षहरूसँग समेत परामर्श गरी निर्वाचनको मिति घोषणा गर्ने अपेक्षा गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पूर्ण बंगलादेशी नागरिक सहभागी भई निर्वाचन सम्पन्न विश्वास समेत लिएको जनाएको छ । 

बैठकपछि जारी विज्ञप्तिमा कांग्रेसले विरोध प्रदर्शनका क्रममा हिन्दु र बुद्धिस्ट समुदायमाथि आक्रमण गरिएका घटना चिन्ताजनक भएकोले धार्मिक अल्पसङ्ख्यकका अधिकार संरक्षण गर्दै धार्मिक सहिष्णुता तथा सामाजिक सदभाव कायम गरी शान्तिपूर्ण वातावरण सिर्जना ागर्न सफल हुने विश्वास व्यक्त गरेको छ ।

कांग्रेसले सदैव लोकतान्त्रिक र शान्तिपूर्ण बंगलादेशको पक्षमा रहेको तथा बंगलादेशका नागरिकको लोकतान्त्रिक तथा मानवअधिकारलाई उच्च सम्मान गर्दै आएको समेत जनाएको छ । 

साउन २३ गतेदेखि प्रारम्भ भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि धारणा राख्ने क्रम जारी छ ।  बैठक साउन २७ गते बिहान ११ः ०० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा पुनः बस्ने जनाइएको छ । 

मोहम्मद युनुस नेपाली काँग्रेस

Leave a Reply

Your email address will not be published. Required fields are marked *