नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
कांग्रेस बैठकमा दिनेश कोइरालाको प्रस्ताव : भ्रष्टाचारविरुद्ध महाअभियान घोषणा गरौं
कांग्रेस बैठकमा दिनेश कोइरालाको प्रस्ताव : भ्रष्टाचारविरुद्ध महाअभियान घोषणा गरौं
थाङमिचागु डटकम संवाददाता

२५ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले केन्द्रीय समितिले भ्रष्टाचार नियन्त्रण र छानबिन महाअभियानको घोषणा गर्नुपर्ने धारणा पार्टी बैठकमा राखेका छन् ।
शुक्रबार बसेको तेस्रो दिनको केन्द्रीय समितिको बैठकमा धारणा राख्दै कोइरालाले भ्रष्टाचारको छानबिन गरी सम्बन्धित निकायलाई कारबाहीको सिफारिस गर्न नागरिक उच्चस्तरीय आयोगको आवश्यकता रहेको बताए ।
वर्तमान सत्ता गठबन्धन बनाउनु पर्नुको कारण जनतालाई बुझाउन आवश्यक रहेको बताउँदै पार्टी बैठकमा कोइरालाले भने, ‘भ्रष्टाचार नियन्त्रणको काम नगरी संविधान संशोधनको प्रयास गरियो भने त्यसले अपेक्षित जनसमर्थन हासिल गर्न सक्दैन ।’
कांग्रेस सबैभन्दा ठूलो पार्टी हुनुका नाताले नागरिकप्रतिको जिम्मेवारी स्वतः बढी रहेको उनले बताए ।
आफ्नो वैचारिक नेतृत्व स्थापित भए पनि नेपाली कांग्रेसले त्यसको जस या लाभ भने लिन नसकेको उनले बताए ।
यो सरकारको वैचारिक आधार सुशासन, संविधान संशोधन, विकास निर्माण र लोकतन्त्रको सुदृढीकरण भएको उनको भनाइ छ ।
कोइरालाले भने, ‘सरकारमा कांग्रेस र नेकपा एमाले भएकाले डेलिभरी दिने सम्बन्धमा दुवै पार्टी नेतृत्व जिम्मेवार हुनुपर्ने देखिन्छ ।’
गत निर्वाचनमा गठबन्धनविरुद्ध कांग्रेसबाट बागी उम्मेदवारी दिएर कारबाहीमा परेकाहरूको कारबाही फुकुवा गर्न उनले नेतृत्वको ध्यानाकर्षण पनि गराएका छन् ।
केन्द्रीय समिति नेपाली कांग्रेस





