थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
Monday, June 15, 2026
काठमाडौं महानगरले माग्यो २५८ जना नगर प्रहरी
काठमाडौं महानगरले माग्यो २५८ जना नगर प्रहरी
थाङमिचागु डटकम संम्बतदाता
२०८१ जेठ १९ गते
१९ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले २५८ जना नगर प्रहरी जवान माग गरेको छ ।

महानगरपालिकाले शनिबार एक सूचना प्रकाशित गरी २४१ जना नगर प्रहरी जवान र १७ जना नगर प्रहरी कार्यालय सहयोगी माग गरेको हो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको भर्ना छनोटका क्रममा वैकल्पिक सूचीमा समावेश भएकाहरुलाई महानगरपालिकाले दरखास्त दिन आग्रह गरेको छ ।
७ दिनभित्र आफ्नो वैकल्पिक दर्ता नम्बर र नागरिकताको प्रमाणपत्रसहित दरखास्त पेश गर्न महानगरपालिकाले सूचना जारी गरेको छ ।




