सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने
2026-08-22पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोप १६ वर्षीय किशोर पक्राउ
2026-08-22
Sunday, August 23, 2026
होलीको अवसरमा शिशु ज्योति आवासीय विद्यालयद्वारा सरसफाई ।।।
होलीको अवसरमा शिशु ज्योति आवासीय विद्यालयद्वारा सरसफाई ।।।

थाङ्मीचागु डटकम सम्बादाता
विनोद मण्डल, चैत्र ९ । सिरहाको धनगढीमाई स्थित प्राकृतिक अस्पताल एरियामा रहेको शिशु ज्योति आवासीय विद्यालयका विद्यार्थीद्वारा बजार सरसफाई गरिएको छ ।
औपचारिक रूपमा विद्यालयको प्रागणमा एक कार्यक्रम गर्दै सरसफाइको लागि आवस्यक सामग्री सहित विद्यालय परिवार स्थानिय बजारको सरसफाईमा जुटेका थिए ।
फागु पूर्णिमाका अवसरमा यसरी विद्यार्थीले पहिलो पटक बजारको सरसफाई गरेको छ ।
विद्यार्थीमा ब्यबहारिक ज्ञानको विकासको लागि यसरी सामाजिक कार्यमा समेत बालबालिकालाई सहभागी गराउनुले समाजमा सकारात्मक प्रभावको मूल्यांकन गरिएको छ ।
बजारको सरसफाई पछि होलीको शुभकामना आदानप्रदान गरिएको थियो ।





