मानविय स्वास्थ्यप्रति ध्यान केन्द्रित गर्दै, धनगढीमाइको मेयर ।।।

0Shares

मानविय स्वास्थ्यप्रति ध्यान केन्द्रित गर्दै, मेयर महतो ।।।

थाङ्मीचागु डटकम संवाददाता ,२०८० फाल्गुन ३ बिहिवार । सिरहाको धनगढीमाईका मेयर शिवशंकर महतोको ध्यान यतिबेला आम जनताको स्वास्थ्यप्रति केन्द्रित भएको अवस्था रहेको देखिन्छ ।

पछिल्लो समय आम जनताको स्वास्थ्यप्रति संवेदनशील बनेका मेयर महतोको लगनशीलताका कारण यतिबेला नगरका सबै वडाहरुमा आँखा जाँच शिविर सम्पन्न गरी संचालित शिविरबाट आम मानिसमा देखिएको मोतिया बिन्दुको अप्रेशन कार्यक्रम नगरको प्रसासनिक भवनमा जारी रहेको अवस्था रहेको देखिन्छ ।

जारी अप्रेसन कार्यक्रमको लागि प्रसासनिक भवनको पार्किङ स्थलमा पूर्णतया सरसफाई गरी उक्त ठाउँमा अप्रेशन गरिएका बिरामीहरुको लागि खाना र आराम स्थल बनाईएको छ ।

अत्यन्त शान्त र सुन्दर वातावरणका बीच आयोजित अप्रेशन कार्यक्रमको लागि प्रसासनिक भवनको मुख्य गेट लगायतको ठाउँहरुमा व्यवस्थापकीय पक्षमा व्यापक ध्यान केन्द्रित गरिएको अवस्था रहेको देखिन्छ ।

अप्रेशन स्थलसम्म पुग्नका लागि परिसरमा बिरामी चेक जाँच र बसाईको उपयुक्त वातावरण मिलाईएको कारण बिना झन्झट सहज तवरले बिरामी उपचार भइरहेको अवस्था रहेको देखिन्छ ।

आयोजित कार्यक्रम स्थलमा विभिन्न वडाका अध्यक्ष ज्यूहरुको समेत उपस्थिति रहेको छ ।

लागातार तीन दिनसम्म चल्ने उक्त अप्रेशन कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानका डाक्टर कृष्ण मोहन श्रेष्ठ लगायतका टिम सक्रिय रहेको बताइएको छ ।

बिरामीलाई आवत जावतमा सहजताका लागि नगरले फ्री बस सेवा ब्यबस्थापन गरेको छ भने नगर प्रहरी लगाएतले बिरामीको उपचारमा सहजता प्रदान गरिरहेको अवस्था छ ।

धनगढीमाई नगरपालिका र तिलगंगा आँखा प्रतिष्ठानको साझेदारीमा गत माघ २५ गतेदेखि सञ्चालन भईरहेको आँखा जाँच शिविरबाट छनौट भएका (मोतिविन्दु) का बिरामीहरुमध्ये फाल्गुन २ गते बुधबारका दिन विहान ९:०० बजे देखि बेलुका ६ बजेसम्मा संचालित अप्रेशन कार्यक्रममा कुल १८५ जना बिरामीहरुको नि:शुल्क सल्यक्रिया गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *