मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
थारु समुदायद्वारा ” पहुल्का तिलासंक्राईत ” तीस केजीको लड्डु प्रदर्शन गर्दै भव्यताका साथ मनाईयो ।।।
थारु समुदायद्वारा ” पहुल्का तिलासंक्राईत ” तीस केजीको लड्डु प्रदर्शन गर्दै भव्यताका साथ मनाईयो ।।।
थाङ्मीचागु डट कम संवाददाता
२०८० माघ १ । सिराहा जिल्लाको धनगढीमाईमा,थारु कल्याणकारिणी सभाको आयोजनामा तीस केजीको लड्डु प्रदर्शन गर्दै “थारु मौलिकता या पौराणिक कला संस्कृति उजागर करैके लेल ” मुख्य नारा सहित थारु कल्याणकारिणी सभा धनगढीमाई नगर समितिद्वारा ” पहुलका तिला सङ्क्राईत उत्सव (माघी) २०८० पहिलोपटक धनगढीमाई वाडा नम्बर ११ आम चौकमा भव्यताका साथ मनाईएको छ ।
पूर्व पश्चिम राजमार्गको दक्षिणी छेउमा आकर्षक स्टेज बनाई उक्त स्टेजमा थारु मौलिकता झल्किने घरायसी परिकार र सामग्रीहरुको प्रदर्शन गर्दै माघी पर्व अर्थात् पहुलका तिला सङ्क्राईत मनाइएको छ ।
समितिका नगर सभापति सम्भु प्रसाद चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा अथितीहरू माननीय राजेन्द्र चौधरी , पूर्व मेयर हरी नारायण चौधरी , मेयर शिवशंकर महतो, उपमेयर संगिता कुमारी चौधरी लगाएत थारु समुदायका विशिष्ट ब्यक्तित्वहरुको उपस्थितिमा भव्यताका साथ तिला सङ्क्रान्ति मनाइएको छ ।
आयोजित कार्यक्रममा झुमरा नृत्य , विभिन्न टोल बस्तिबाट आएका थारु समुदायका युवा युवतीहरुले विभिन्न थारु मौलिकता झल्किने नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा थारु समुदायको आफ्नो पहिरनमा सहभागी सबै सजिएक थिए ।वक्ताहरुले थारु समुदायको उन्नति र प्रगतिको लागि आ – आफ्ना विचार राखेका थिए ।
कार्यक्रममा स्वागत नृत्यमार्फत अथितीगणलाई थारु युवा युवतीहरुले स्वागत गरेका थिए ।
नगरमा पहिलो पटक भएको थारु समुदायको कार्यक्रममा बाक्लो सहभागिता रहेको थियो ।
थारु कल्याणकारिणी सभा सिरहाको सहयोग तथा थारु सामुदायिक सेवा केन्द्र सिराहा,थारु महिला सभा,थारु कलाकार मंच,थारु विद्यार्थी समाज लगायतको सम्वन्यमा भएको कार्यक्रमको आयोजना थारु कल्याणकारिणी सभा नगर समिति धनगढीमाईको रहेको थियो ।
कार्यक्रममा थारु भाषा,संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ थारु भाषा,कला संस्कृति अन्तर्गत विभिन्न पौराणिक वस्तुहरूको प्रदर्शन र सांस्कृतिक कार्यक्रम
भएपछि आम अन्य समुदायको पनि सहभागिता रहेको थियो ।
सभाका अध्यक्ष सम्भु प्रसाद चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रम समग्रमा अति सुन्दर भएको आम बुझाई रहेको छ ।





