नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
सहकारीको साधारणसभा भव्यताका साथ सम्पन्न ।।।
सहकारीको साधारणसभा भव्यताका साथ सम्पन्न ।।।
विनोद मण्डल, पुस २३ । दाङको तुलसीपुरस्थित रहेको भट्टे कृषि सहकारी संस्था लिमिटेडको सातौ साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ ।
तुल्सिपुर-३ स्थित संस्थाका अध्यक्ष कर्ण बहादुर ओलिको अध्यक्षतामा आयोजित कार्यक्रममा तुल्सिपुर उपमहानगर पालिकाका आर्थिक संयोजक माधब ओलि प्रमुख आथिति , विशिष्ट अथितिहरू वडा न-३ का अध्यक्ष वीर बहादुर बि.क., सहकारी संयोजक खुशी राम चौधरी लगाएत स्थानिय समाजसेवी, बुद्धिजीवी, राजनीतिकर्मी,पेसाकर्मी लगायतको सहभागितामा भएको साधारण सभामा पानसमा दीप प्रज्वलन गरी सभाको उद्दघाटन प्रमुख अथिती ज्यूबाट गरिएको थियो ।
कार्यक्रममा सहभागी अथितिगणलाई खादा ओढाएर सम्मान गर्दै सहभागी सबैलाई संस्थाका तर्फबाट स्वागत गर्दै संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
साधारण सभामा विभिन्न योजना अन्तर्गत १०० वटा नयाँ टनेल निर्माण गर्ने,२५० पुराना टनेलको मर्मत गर्ने ,४० वटा भकारो सुधार गर्ने ,८० वटा भर्मी कोम्पोष्ट बेड निर्माण गर्ने लगायतका योजना संचालन गर्ने र सहकारीलाई पुर्ण अर्गानिक तरकारी उत्पादक सस्थाको रुपमा बिकास गर्ने योजना साधारण सभामा पारित गर्दै सभा सम्पन्न भएको थियो ।





