नवलपरासीमा सरसफाई अभियानको थालनी ।।।थाङ्मीचागु संवाददाता

0Shares

नवलपरासीमा सरसफाई अभियानको थालनी ।।।
थाङ्मीचागु संवाददाता
२०८० पुस २२ । लुम्बिनी प्रदेशको पछिम नवलपरासीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै सरसफाई अभियान थालिएको छ ।

जिल्ला समन्वय समिति पछिम नवलपरासीको आयोजना तथा रामग्राम नगरपालिका, जिल्ला सुरक्षा समिति, नवलपरासी बसुपको समन्वय एवम् सहभागितामा नवलपरासी (बसुप) भित्रका सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरूको संरक्षण गर्ने हेतुले सरसफाई अभियानको शुरूवात गरिएको बुझिएको छ ।

सरसफाई अभियानमा जिल्ला समन्वय समितिका प्रमुख , रामग्राम नगरपालिकाका कार्यबाहक नगर प्रमुख , प्रमुख जिल्ला अधिकारी, प्रमुख सेनानी, प्रहरी उपरीक्षक, स्थानिय राजनीतिकर्मी , विभिन्न संघ संस्थाका प्रतिनिधिहरु , बुद्धिजीवी, समाजसेवी लगायतको सहभागितामा सरसफाई अभियानको थालनी गरिएको हो ।

सांस्कृतिक नगरीको रूपमा रहेको पछिम नवलपरासीको सात वटै पालिकामा क्रमशः सरसफाई अभियान संचालन शुरू हुँदै जाने जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *