न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालय सिरहामा ढलिन् आमा , छोरा किरिया बस्दै ।।।

0Shares

न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालय सिरहामा ढलिन् आमा , छोरा किरिया बस्दै ।।।

विनोद मण्डल, पुस २० । अनुचित लेनदेन अर्थात् मीटर ब्याजबाट मानसिक तनाब भोग्दै आएकी एक महिला न्याय माग्दा माग्दै जिल्ला प्रशासन कार्यालय सिरहामा अचेत भएकी खवर बाहिरिएको छ ।

करिब ६ महिना देखि निरन्तर न्यायको निम्ति जिल्ला प्रशासन कार्यालय सिरहामा धाउँदा धाउँदा थकित भएकी धनगढीमाई ११ सोनापुरकी करिब ६५ वर्षीय पबित्री देवी यादवले न्याय डिसमिस हुने स्पस्ट जबाफ पाएपछि जिल्ला प्रशासन कार्यालयमै ढल्न पुगिन् ।

आफ्नै गाउँको साहु राजु यादवसंग करिब चार लाख बरावरको लेनदेन भएको र उक्त लेनदेन बापत पटक पटक गरी नगद सहित २१ लाख रुपैयाँ बुझाउँदा पनि मीटर ब्याजको चंगुलमा परेकी यादवले मीटर ब्याजबाट बाहिर निस्कनका लागि जिल्ला प्रशासन कार्यालय सिरहामा निवेदन चढाएकी थिइन ।

न्याको लागि प्रशासनिक निकायमा पुग्दा उनीमाथि साहुबाट जिल्ला प्रशासन कार्यालय परिसरमै पटक पटक गाली बेइजती र झापड प्रहार हुँदै आएको पारिवारिक स्रोतले जनाएको छ ।

गत पुस १२ गते जिल्ला प्रशासन कार्यालय सिरहाका रामहरी मण्डलले प्रशासनको चिया कोठमा लगेर आज मैले भनेको अनुसार तपाईं मिल्न तयार नभए तपाईंको निवेदनको कुनै औचित्य नरहने भनेपछि आफ्नो सासु ढलेको पवित्री यादवसंगै जिल्ला प्रशासन कार्यालय सिरहामा पुगेकी उनकी बुहारीले बताइन ।

जिल्ला प्रशासन कार्यालय सिरहामा अचेत भएकी यादवलाई तत्कालै एम्बुलेन्स बोलाएर जिल्ला अस्पताल सिराहा लगिएको थियो तर त्यहाँ उपचार सम्भब नभएपछि उनलाई उक्त एम्बुलेन्स मार्फत लहान ल्याइएको थियो । अचेत अवस्थाकी यादवको उपचारको क्रममा लहान अस्पतालमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

घटनाको बारेमा सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेलाई सोध्दा,” आफू उक्त दिन बिदामा बसेको र कर्मचारीलाई सोध्दा पबित्री देवि बिरामी अवस्थाको भएको र यहाँ अचेत भै पल्टिएको ” बताउनु भएको छ ।
सासुसँगै जिल्ला प्रशासन कार्यालय सिरहा पुगेकी उनकी बुहारीले ” आफ्नो सासु कुनै किसिमको बिरामी नभएको ” बताउनु भएको छ ।

घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय सिरहामा सम्पर्क गर्दा ” अनुचित लेनदेनकै कारणले हो या अन्य स्वास्थ्य समस्याले हो , त्यो मेडिकलले जान्ने विषय हो यद्यपि सही कुराको लागि जिल्ला प्रहरी कार्यालय सिरहा कटिबद्ध” रहेको बताउनु भएको छ ।

नेपाल सरकारले अनुचित लेनदेन सम्बन्धि कार्यलाई प्रभावकारी बनाउनका लागि “केही नेपाल ऐनलाई संसोधन गर्ने अध्यादेश नेपालको संविधानको धारा ११४ बमोजिम अध्यादेश ल्याएको अवस्था रहेको छ ।

कानुन बमोजिम मुलुकी अपराध सहिता २०७४ को दफा २४९ मा उपदफा “क ” थपेर अनुचित लेनदेनको विषयमा कानुन बनाएको अवस्था रहेको छ ।

मानसिक यातना ,परेसानी लगाएतका कुराहरू कानुन विपरीत भएको अवस्थामा अनुचित लेनदेन गरेको ठहर भएको खण्डमा ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवानाको व्यवस्था भए पनि जिल्ला प्रशासन कार्यालय सिरहाको कमजोरीको कारण मीटर व्याजीहरु खुलेआम दादागिरी देखाउँदै आएको अवस्था सिरहामा रहेको छ ।

न्यायको निम्ति त्राही त्राही हुँदा हुँदा मृत्यु बरण गर्नुपर्ने बाध्यात्मक स्थितिबाट जोगाउनका लागि प्रशासनिक निकायले सिरहामा गम्भीर हुन एकातिर जरुरी रहेको देखिन्छ भने अर्कोतिर पीडित यादव परिवारको जग्गा फिर्ता लगाएत आवस्यक सुक्षम अनुसन्धान आजको आवश्यकता पनि हो ।

घरको गार्जनको रूपमा रहेको आमाको निधनले यतिबेला यादव परिवार थप मानसिक पीडामा परेको अवस्था रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *