मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
बिगु गाउँपालिकाको आयोजनामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु ।।।
चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
प्रदेश, बागमती , खेलकुद, राष्ट्रिय
थाङ्मीचागु डटकम
शेयर गर्नुहोस:
सन्तोष ठान्टी थाङ्मी
२९ मङ्सिर २०८०, शुक्रबार
दोल्खा , मङ्सिर २९ गते । बिगु गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । दोल्खाबाट सङ्घीय संसदमा प्रतिनिधि सभाका सांसद गंगा कार्कीले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
प्रतियोगिताको आयोजक शान्ति आदर्श मावि विद्यालयका प्रधानाध्यापक सुदीप खड्काले बिगु गाउँपालिकाका ११ वटा माविबीच राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको बताउनुभयो । प्रतियोगितामा गाउँपालिकाका श्री कालिञ्चोक , हिमालय , + + माविले सहभागिता जनाएका छन् ।
पहिलो दिन प्रतियोगिताको उद्घाटन भएर खेलाडीले मार्चपास गर्नुभएको छ । प्रतियोगितामा छात्र तथा छात्राबीच भलिबल, ट्र्याक र फिल्ड गरी तेह्र इभेन्टमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा विद्यालयहरूले सबै विद्यामा सहभागिता जनाएका छन् । प्रतियोगितामा दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ ।




