रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।
2024-10-22सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन
2024-10-21एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न ।।।
एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न ।।।
विनोद मण्डल, मंसिर १० । सिरहाको धनगढीमाई ५ स्थित गोठ चौकमा एक दिने निशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल सरकारको आर्थिक सहयोग र नेपाल नेत्र ज्योति संघ सागरमाथा चौधरी आँखा अस्पताल लहानको सहकार्य तथा वीर युवा क्लबको आयोजनामा आयोजित शिविरमा स्थानियले आँखाको चेक जाँच गराएका हुन ।
आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सभापति रामचन्द्र यादवको प्रमुख आथित्यमा उद्घघाटन गरी शिविर सञ्चालन गरिएको थियो ।
संचालित आँखा शिविरमा सुखीपुर नगरपालिका ,गोल बजार नगरपालिका , बरियारपट्टी गाँउपालिका र धनगढीमाई नगरपलिका , लगायत क्षेत्रका बासिन्दा तथा विधार्थी गरी ३६५ जनाको आँखा जाँच गरिएको कल्बले जनाएको छ ।
आँखा जाँच गरिएकामध्ये ९५ जनामा मोतिबिन्दुको बिरामी फेला परेको आयोजक कल्वका अध्यक्ष विरेन्द्र यादवले जनाए । यस्तै आँखामा समस्या देखिएका एक सय जनालाई थप उपचारका लागि अस्पताल जान सुझाब दिएको बुझिएको छ ।