गैंडा गाडिएको अवस्थामा फेला ।।।

0Shares

गैंडा गाडिएको अवस्थामा फेला ।।।

विनोद मण्डल, मंसिर १ । चितवन राष्ट्रिय निकुञ्जमा तस्करले मारेको गैंडा फेला परेको छ ।

निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत सतरचुली पोष्टबाट करिब ३.५ किलोमिटर दक्षिण–पूर्वमा मारिएको अवस्थाका गैंडा फेला परेको हो ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार अन्दाजी ६ वर्ष र १८ वर्षका दुई ओटा गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएका फेला परेको हो ।

फेला परेको दुई गैंडा मध्ये ६ वर्षको गैँडा मृत भेटिएको खाल्डो नयाँ हो भने अर्को गैँडाको पुरिएको खाल्डो तुलनात्मकरूपमा केही पुरानो देखिएको सूचना अधिकारी तिवारीले जानकारी दिनु भएको छ ।

निकुञ्ज प्रशासनका अनुसार सानो गैँडा अन्दाजी तीन दिन पहिले र ठूलो गैँडा १० दिन जति पहिले खाल्डोमा पारिएको हुनसक्ने अनुमान गरिएको छ भने दुवै गैँडाको खाग गाएब रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *