मानव सेवा आश्रमको टोली सिरहामा मानव उद्दार गर्दै ।।।

0Shares

मानव सेवा आश्रमको टोली सिरहामा मानव उद्दार गर्दै ।।।

विनोद मण्डल , कार्तिक २ । राष्ट्रिय उद्दार यात्रा २०८० को क्रममा मेची महाकाली यात्राको क्रममा रहेका “मानव सेवा “आश्रमको टीम मानवीय उद्दार गर्दै सिरहामा आइपुगेको अवस्था रहेको छ ।
आश्रमले लहानबाट ६ जना अशाहय र धनगढी बजारबाट १ जनालाई उद्दार समेत गरेको छ ।

” यस वर्षको चाडपर्वमा कसैले बस्नु नपरोस सडकमा ” भन्ने मूल नाराका साथ सहयोगापेक्षी, बेसाहारा , असक्त, असाहय, अनाथ, अविभावक विहिन ,सडक आश्रित मानवहरुको उद्दारमा खटिएका टोलीलाई सिरहाको धनगढी बजारमा धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतोले गम्छा र टिका लगाएर स्वागत गर्नु भएको हो ।

मेचीबाट यात्रा शुरु गरेको आश्रमले सडकमा भेटिएका अलपत्र अवस्थामा जीवन बिताइरहेका केयौलाई उद्दार गरी आफै संग लगेका हुन ।

आश्रमका टोलीलाई स्थानिय दुर्गा भवानी मन्दिर परिसरमा सबैलाई स्वागत गरिएको छ,

स्वागत पछि मेयर शिवशंकर महतो , वाडा अध्यक्षहरु सरोज महतो , अशोक श्रेष्ठ ,स्थानिय समाजसेवी, बुद्धिजीवी लगाएत आश्रमका टोली सहित अगाडि व्यानर राखेर धनगढी बजारमा रहेको दुर्गा भवानीको मन्दिर परिक्रमा गरेर टोली गन्तव्य तिर प्रस्थान गरेको थियो ।

जसका कोही हुँदैनन् ,जसको केही हुँदैन ,उनैको सेवामा समर्पित मानव सेवा आश्रमले विगतका वर्षहरुमा समेत सामाजिक कार्यहरू गर्दै आएका छन ।

मानवीय सेवामा समर्पित यस आश्रमले सडक पेटीहरुमा नारकीय जीवन बिताइरहेका मानबहरुको उद्दार गर्नुका साथै बेसाहाराहरुको सहारा बनेर समाजको ज्वलन्त उदाहरण बन्न सफल भएका छन ।

आश्रमको कार्यलाई उच्च मूल्याङ्कन गर्दै मेयर शिवशंकर महतो, वाडा अध्यक्षहरु सरोज महतो र अशोक श्रेष्ठले सफल यात्राको शुभकामना दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *