पाल्हिनन्दनमा भेदभाव विरुद्धको नाटक मञ्चन ।।।

0Shares

पाल्हिनन्दनमा भेदभाव विरुद्धको नाटक मञ्चन ।।।

विनोद मण्डल, असाेज २२ । नवलपरासीको पाल्हिनन्दनमा समाजमा व्याप्त रहेको छुवाछुत विरुद्धको नाटक मञ्चन गरिएको छ ।

सामाजिक विकास संस्था उपशाखा पाल्हिनन्दनले समाजमा रहेको परम्परागत कुराहरूलाई हटाउनका निम्ति युवाहरुले खेल्न सक्ने महत्वपूर्ण भूमिका अन्तर्गत रहेर पाल्हिनन्दन गाउँपालिकाको वार्ड नं ६ राजाबारी गाउँमा छुवाछुत तथा भेदभाव विरुद्धको नाटक कार्यक्रम सम्पन्न गरेको छ ।

समाजमा कथित जातपात र त्यसले उब्जाएको परिस्थितिले सामाजिक विकास प्रक्रियामा बाधक बन्दै आएको वर्तमान परिवेशमा कसरी जातीय छुवाछुतबाट मुक्ति पाउन सकिन्छ भन्ने सन्देश मुलक नाटक मञ्चन गरिएको थियो ।

स्थानिय युवाहरुको बेजोड प्रस्तुति रहेको उक्त नाटक हेर्नका लागि स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो ।

पूर्व निर्धारित समयमा सञ्चालन गरिएको उक्त नाटकका पात्रहरूले गरेको प्रस्तुतिले वर्तमान समाजमा व्याप्त रहेको छुवाछुतले पारेको प्रभावको वास्तविक वस्तु स्थितिको चित्रण ।।गरेको थियो ।

नाटक सन्देशमुलक भएको कारण स्थानीयमा सकारात्मक सन्देश पुगेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *