मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
विगु गाउँपालिका ८ खोपाचागुमा देखियो लम्पी स्क्रिन रोग ।।।
विगु गाउँपालिका ८ खोपाचागुमा देखियो लम्पी स्क्रिन रोग ।।।
भदौ १० । दोलखा जिल्लाको वाडा नंबर ८ खोपाचागु साबिक १-२ थाङ्मीचागुमा पशुजन्य रोग देखा परेको अवस्था रहेको पाइन्छ । टोल बस्तिमा रहेको चौपायाहरुमा देखा परेको रोग प्रति स्थानिय पालिका उदासीन बनेको अवस्था छ ।

प्रत्येक घरमा रोगले ग्रसित पशुहरूको अवस्था चिन्ताजनक भएपनि हालसम्म कुनै रोग निदानको प्रयास भएको छैन । रोगको बारेमा स्थानिय जनप्रतिनिधिहरुलाई फोनबाट र मौखिक भेटघाटमा जानकारी गराउँदा पनि सुनुवाई भएको छैन ।

सर्वप्रथम सन् १९२९ मा अफ्रिका महादेशको जाम्बियामा देखा परेको यो रोग सन् १९८९ मा ईजरायलमा समेत देखिएको थियो । विशेषगरी सन् २०१२ पछि धेरै देशमा यो रोग महामारीका रूपमा फैलिन थालेको हो ।

यो रोग मुख्यगरी लामखुट्टे, झिँगा, किर्ना आदिका टोकाइका माध्यमबाट सर्ने गर्छ । यस रोगबाट बिरामी परेका पशुहरुमा उच्च ज्वरो (१०४ फरेनहाइट वा माथि) आउने र शरीरभरि साना–ठूला गिर्खा देखिने लक्षण शरीरका विभिन्न भागमा देखिने गर्दछ ।





