मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
दोल्खाको सिंगटी खोलीखिम बजार पहिरोको उच्च जोखिम ।।।
पहिरोको उच्च जोखिमले खोलीखिम बजारका २२ घर खाली गराइयो दोलखा — पहिरोको जोखिम उच्च भएपछि आइतबार दोलखाको विगु गाउँपालिका-३ सिंगटीको खोलीखिम बजारका २२ घर खाली गराइएको छ । बजारको माथिल्लो क्षेत्रमा सडकको पहिरोसँगै ठूलो ढुंगा बस्तीमा खस्ने जोखिम बढेपछि घरहरू खाली गराइएको हो । उक्त क्षेत्रमा सवारी आवागमन पनि बन्द गराइएको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक विक्रम लामाले बताए । खोलीखिम बजार क्षेत्रका बासिन्दालाई कालिञ्चोक गाउँपालिका-३ को बजार क्षेत्रमा सारिएको छ। ढुंगा खस्ने जोखिम बढेपछि स्थानीयवासीलाई उक्त क्षेत्रमा हिडडुल गर्न पनि रोकिएको छ । ढुंगा खसेर सिंगटी खोला थुनिने र त्यसबाट क्षतिको जोखिम अझ बढ्ने भन्दै स्थानीयमा त्रास छ । यसैबीच सोही वडाको ओलीटारमा गएको पहिरोबाट विस्थापित परिवारहरुलाई सुरक्षित स्थानमा सारिएको छ । ओलीटारमा खसेको पहिरोले ४ घरमा क्षति पुर्याएको थियो । बस्नै नसकिने भएपछि विस्थापितलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको हो । पहिरोले अवरूद्व सिंगटी-लामाबगर सडक अझै खुल्न सकेको छैन ।





