लागू औषध सहित महिला नियन्त्रणमा ।।।

0Shares

लागू औषध सहित महिला नियन्त्रणमा ।।।

विनोद मण्डल साउन २९ प्रहरीले सिरहा नगरपालिका वडा नं. १४ खिरौना लच्काबाट लागूऔषध सहित दुई महिलालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी खिरौनाबाट प्र.स.नि.दुर्गा प्रसाद यादवको कमाण्डमा खटिएको चेकिङ टोलीले यात्रु बाहक अटो रिक्सालाई चेकजाँच गर्दा सोही अटो रिक्सामा सवार सप्तरी खडक नगरपालिका वडा नं. ५ रन्जितपुर टोल बस्ने बर्ष २५ की निरा कुमारी चौधरीले बोकेको ह्यण्ड ब्याग भित्र लुकाई छिपाई ल्याएको लागूऔषध नाईट्रोभेट १० लेखिएको २० पता (६०० पिस ट्याब्लेट ), लागूऔषध, नेपाली रु २,८०५ ।-,मोबाईल ३ थान र सोही अटोमा सवार जिल्ला सिरहा सिरहा नगरपालिका वडा नं. १७ खैरटोका बस्ने बर्ष ३० की नमिमा खातुनको साथबाट नेपाली नगद ३१,५०० ।- र मोबाईल १ थान बरामद भएकोले दुबै जनालाई लागूऔषध सहित नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागी जिल्ला प्रहरी कार्यालय सिरहामा राखी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *