लहान नगरपालिकाद्वारा किशान परिचय पत्र वितरणको थालनी ।। ।

0Shares

लहान नगरपालिकाद्वारा किशान परिचय पत्र वितरणको थालनी ।। ।

बिनोद मण्डल जेठ २५ । सिरहाको लहानमा किसान परिचय पत्र वितरण कार्यक्रमको औपचारिक शुरुवात भएको छ ।

कृषि संयोजक बद्रीनारायण चौधरी ज्यूको अध्यक्षता र लाहान नगरपालिकाको मेयर महेश प्रसाद चौधरी ज्यूको प्रमुख आथित्यमा आयोजित कार्यक्रममा करिब ३०० किसानहरूको सहभागिता रहेको थियो ।

कृषि विकाश शाखा लहानको आयोजनामा आयोजित कार्यक्रममा करिब ११ जना स्थानीय किसानहरुलाई परिचय पत्र वितरण गर्दै मेयर चौधरीले किशान परिचय पत्रको औपचारिक शुरुवात गर्नू भएको हो ।

लहान नगरपालिकाको वाडा नंबर १२ को भोटिया टोल पडरीयाबाट किसान परिचय पत्रको पहिलो वितरण थालिएको नगरका कृषि विकास अधिकृत प्रकाश शाह हलुवाई ज्यूले वताउनु भएको छ ।

लहान नगरपालिकाले बास्तविक किसानहरूको पहिचानको लागि थालनी गरेको परिचय पत्र वितरण कार्य पालिकाभित्रका बिभिन्न वडाहरूबाट सहजै अब लिन सकिने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *