लघुबित्तिय सस्था प्रवेश निषेध आन्दोलन जारी ।।।

0Shares

लघुबित्तिय सस्था प्रवेश निषेध आन्दोलन जारी ।।।

बिनोद मण्डल जेठ ११ । लुम्बिनी प्रदेशको
नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पश्चिम सरावल र पाल्हीनन्दनमा लघुवित्तिय संस्थाबाट पिडित महिलाहरुले भुजहवा देखि महेशपुर सम्म लघुवित्तिय संस्थाहरुलाई प्रवेस नदिने गरी प्रवेश निषेधित क्षेत्र घोषणा गर्दै बिरोध रयाली निकालेका छन ।

लघुवित्तिय संस्थाहरुले स्थानीय महिलाहरुलाई अनेकन प्रलोभन देखाई चर्को किस्ता उठाउन थालेपछि महिलाहरू सक्रिय भई लघुवित्तय सस्था विरुद्धमा उत्रिएका हुन् ।

२० ७८ माघ १ गतेदेखि सुरु गरी करीब १६ महिना देखी जारी आन्दोलनले यतिबेला देशका विभिन्न जिल्लाहरूमा रहेको लघुवित्तय संस्थाहरूमा विभिन्न किसिमका विरोधका कार्यक्रमहरु गर्दै आएका छन ।

लघुवित्तय संस्थाहरुले स्थानीय जनताहरूलाई अनेकन दुःख कष्ठ दिदैं आएको अवस्थामा केयौ महिला दिदि बहिनीहरुलाई अनेकन प्रलोभन देखाई चर्को ब्याज लिँदै तनावको सिर्जना गराउन थालेपछि अकालमा कतिपयले ज्यान गुमाउन परेको अवस्था रहेको कारण देशभरी यसका विरुद्ध आन्दोलन चर्किएको हो ।

नवलपरासीका विभिन्न ठाउँहरूमा लघुवित्तले अनावस्यक तनाव सिर्जना गर्न थालेपछि जिल्लाको उक्त ठाउँहरूमा लघुवित्तय संस्थाहरुलाई प्रवेशमा रोक लगाउने गरी आन्दोलन थालिएको बुझिएको छ ।

थालिएको आन्दोलनमा बाक्लो सहभागिता देखिएको थियो । चर्का नारासहित सुरु गरिएको प्रदर्शनले यतिबेला लघुवित्तय विरुद्धको आन्दोलन जरुरी रहेकाे सहभागीहरुले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *