नीति कार्यक्रममाथि छलफल :केपी ओलीको वरिपरि घुमेको संसद

0Shares

सरकारले संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरे । ७ जेठमा एक घण्टा ५२ मिनेट लामो सम्बोधन गरेका ओलीले नीति तथा कार्यक्रम संगतिपूर्ण र यथार्थमा आधारित नभएकाले फिर्ता लिन आग्रह गरेका थिए ।

आफू नेतृत्वको सरकारले गरेको कामको लामो फेहरिस्त प्रस्तुत गरेका ओलीले अहिलेको नीति तथा कार्यक्रम पुनर्लेखन गर्न सुझाव दिएका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई छुटाउन र निर्दोष फसाउन खोजिएको ओलीको टिप्पणी थियो ।

त्यसपछि संघीय संसदमा नीति तथा कार्यक्रममाथि अरु सांसदहरुले भाग लिए । मंगलबार राष्ट्रियसभाले नीति तथा कार्यक्रम पारित गरिसकेको छ । राष्ट्रियसभामा ५९ मध्ये ४४ सांसदले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिए ।

मंगलबारसम्म प्रतिनिधिसभाको २७५ मध्ये १३२ जनाले बोलिसकेका छन् । छलफलमा भाग लिने अधिकांश सांसदले नीति तथा कार्यक्रमलाई नै छायाँमा पार्नेगरी ओलीको टिप्पणीलाई महत्व दिएका छन् । एमाले सांसदहरुले ओलीकै भाषा पछ्याएका छन् भने सत्तारुढ सांसदहरुले ओलीले गरेको तर्ककै खण्डन गर्दै सरकारको बचाऊ गरेका छन् ।

छेडछाड शैलीले नीति तथा कार्यक्रममाथिको बहस परिणामुखी बहस हुन नसकेको कांग्रेसका सांसद दीपक गिरी बताउँछन् । उनी भन्छन्, ‘नीति तथा कार्यक्रममाथि परिणामुखी बहस हुन सकेन ।’
मंगलबारकै बैठकमा पनि सांसदहरु ओलीको अभिव्यक्ति केन्द्रित भएर बोले । बैठकको सुरुमै नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले केपी ओलीको अभिव्यक्तिको आलोचना गरेका थिए । ‘प्रमुख प्रतिपक्षी दलबाट जे कुरा आएको छ, कुनै पनि समस्या समाधान गर्नको निम्ति आत्मकेन्द्रित स्वमहिमामण्डित र मैले सबै चिज जानेको छु भन्ने प्रवृतिले संसद, संसदीय परम्परा र मर्यादा अघिल्तिर बहन सक्दैन’, केसीको कटाक्ष थियो ।

केसीलगत्तै एमाले सांसद गोकुल बास्कोटा पार्टी अध्यक्ष ओलीको बचाउ गरे । ‘यहाँ वाद प्रतिवाद सुधारको गुञ्जायस रहला, सत्तापक्षले सुन्ने धैर्यता राख्ला भन्ने थियो । तर, हिजो, अस्तिका कुरा सुनिरहँदा । सत्तापक्ष आफ्नो कमजोरी लुकाउन प्रतिपक्षको तेजोवोध गर्ने र तीव्र प्रतिवादमा उत्रने उल्टो बाटो समातेर हिडेको देखियो’, उनले भने । सांसद बास्कोटाले आइतबार र सोमबार प्रतिनिधिसभामा चलेको नीति तथा कार्यक्रम सम्झिए ।

सोमबार माओवादी केन्द्रका सांसद माधव सापकोटाले ओलीले आफूलाई हेडमास्टरी शैलीमा प्रस्तुत गरेको र सर्वज्ञानीको अहमता प्रकट गरेको टिप्पणी गरेका थिए । जवाफमा बास्कोटाले एमाले एउटा विश्वविद्यालय भएको र यो विश्वविद्यालयको भिसी, डाक्टर, प्रोफेसर, आर्किटेक्चर सबै भएको बताए ।

‘आफूले लिएको जिम्मा तालाचाबीको टुंगो छैन । अर्काले के सल्लाह र सुझाव दियो भनेर झम्टेको छ । अचम्म लाग्दो खालको कुरा, तपाईंहरुलाई यो ओलीलाई देखाएर आफू जिम्मेवारीबाट पन्छिने ? अग्रिम बधाइ छ’, उनको भनाइ थियो ।

बास्कोटाको प्रतिवादमा फेरि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे उत्रिए ‘भर्खरै मञ्चमा आएर राख्ने माननीय सदस्यलाई पश्न सोध्न चाहन्छु, हामी कसरी काम गरिरहेका छौं । हामीले हिजो कसरी काम गर्‍यौं ? भ्रष्टाचारको स्थिति के थियो ? तिनको छानबिन गर्न बेलामा हामीले के गर्‍यौं ? कसो गरिरहेका छौं ?’

माओवादी केन्द्रका अर्का सांसद गंगा कार्कीले ओलीमाथि प्रश्न गरे, ‘प्रधानमन्त्री हुँदा एकातिर प्रचण्ड र माधव नेपालले हातखुट्टा बाँधे भन्दै हिँड्नुभएको छ । अर्कोतिर यति धेरै काम गरेँ भन्दै हिँड्नुभएको छ ? प्रचण्ड र माधव नेपालले हातखुटटा बाँधेको भए यति धेरै काम कसरी भयो ?’

छेडछाड शैलीले नीति तथा कार्यक्रममाथिको बहस परिणामुखी बहस हुन नसकेको कांग्रेसका सांसद दीपक गिरी बताउँछन् । उनी भन्छन्, ‘नीति तथा कार्यक्रममाथि परिणामुखी बहस हुन सकेन

Leave a Reply

Your email address will not be published. Required fields are marked *