मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
कालिन्चोक हाइड्रोपावर कम्पनीको दादागिरी !!!
कालिन्चोक हाइड्रोपावर कम्पनीको दादागिरी, स्थानीय बासीलाई १६ बुदे मागको सम्झौता गरे पनि आजसम्म एउटा माग पुरा त परै जाओस् सुरुवात सम्म नगरेको स्थानीयको गुनासो छ ।

दोलखा बिगु गाउँपालिका ८ थाङ्मीचागुमा निर्माण कार्य संचालन हुँदै गरेको कालिन्चोक हाइड्रोपावर लिमिटेडले । आफ्नो योजना सुरु गर्नु पुर्व स्थानिय टोल विकास समितीहरु, प्रभावित क्षेत्रका बासिन्दाहरु संग १६ बुदे माग सम्झौता गरेपनी तर हाइड्रोपावर कम्पनीले ।

आज सम्म कुनै पनि माग सम्झौता पुरा त परै जाओस् एउटा माग पनि सुरुवात गरेको र स्थानीय संग कुनै छलफल र परामर्श नगरि स्थानीयको कुनै स्वीकृति नलिइ दादागिरी शैलीमा बस्ती नै जोखिम हुने गरि बस्तीको तल्लो भाग तिर डोजर लगाएर खन्ने काम सुरु गरेको बुझिएको छ।

पावर सेन्टरको निर्देशन भन्दै सोझा गाउलेको आखामा छारो हानेर हाइड्रोपावरले सयौं बर्ष देखि बसोबास गर्दै आएको आफ्नो बस्ती मुनि कुनै सरसल्लाह र परामर्श नगरी अबैधानिक रुपमा डोजर लगाएर खन्ने काम सुरु गरेको स्थानियहरुको गुनासो रहेको छ ।
part 1





