लम्सालद्वारा बिरामीका लागी ह्वील चेयर ।।।

0Shares

लम्सालद्वारा बिरामीका लागी ह्वील चेयर ।।।

राधा वैशाख २९ मधेश प्रदेशको सिराहा जिल्लाको विष्णुपुरकट्टी ठटीया स्वास्थ्य चौकीलाई एक कार्यक्रमका बिच व्हील चेयर हस्तान्तरण गरिएको छ ।

धनगढिमाई नगरपालिका वार्ड नम्बर -१२ मा रहेको स्वास्थ्य चौकी बिष्नुपुरकट्टी लाई आज एक औपचारिक कार्यक्रमका बिच बिरामीको उपचारमा सहजताका लागी चेयर हस्तान्तरण गरिएको छ ।

वाडा अध्यक्ष जय प्रकाश ठाकुर ज्यूको अध्यक्षतामा स्वास्थ्य चौकीका प्रमुख लगायत कर्मचारी तथा स्वास्थ्य ब्यवस्थापन समितिहरुको उपस्थितिमा बिरामीका लागी ह्वील चेयर हस्तान्तरण गरिएको हो ।

धनगढीमाई १३ निवासी समाजसेवी , बौद्धिक व्यक्तित्व , बुद्दिजीबि तथा सहयोगी नवराज लम्साल ज्युबाट सहयोग प्राप्त भई निजका भाई तथा स्वास्थ्य चौकी भोर्नेनी प्रमुख कुमार लम्साल ज्यूबाट उक्त ह्वील चियर हस्तान्तरण गरिएको हो ।

धनगढीमाई 13 लाई आकस्मिक सेवाका लागि एम्बुलेन्स प्रदान गर्नु भएका सहयोगी मनका धनी लम्सालले स्थानीय स्तरमा विभिन्न खालका सहयोग प्रदान गर्दै आउनु भएको छ ।

धनगढीमाई न.पा.-१३ द्वारा प्रदान गरिएको उक्त चेयरले उक्त स्वास्थ्य चौकीमा उपचारका क्रममा आउने बिरामीका लागी सहजता हुने बुझिएको छ ।

नवराज लम्सालको भाई कुमार लम्सालद्वारा हस्तान्तरण गरिएको उक्त चेयर यतिबेला करिब एक हप्ता अगाडी मात्र सञ्चालनमा आएको ल्याब र प्रसूतिका लागि आउने बिरामीहरुका लागि प्रयोग हुने वाडा अध्यक्ष ठाकुरले जानकारी दिनु भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *