प्रेस स्वतन्त्रताकाे अवस्था विषयक अन्तरक्रिया कार्यक्रम ।।।

0Shares

प्रेस स्वतन्त्रताकाे अवस्था विषयक अन्तरक्रिया कार्यक्रम

सुरेश यादव,नवलपरासी/बैशाख २० ।

पश्चिम नवलपरासीकाे परासी प्रस क्लबकाे आयाेजनामा अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज रामग्राम स्तुपमा प्रेस स्वतन्त्रताकाे अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रेस क्लबका अध्यक्ष बेचु गाैंडकाे अध्यक्षता तथा रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवकाे प्रमुख आतिथ्यतामा प्रेस स्वतन्त्रता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि यादवले पत्रकारहरुले भईरहेका हरेक गतिविधि जनता सामु पुर्‍याउने साथै जनताले पत्रकार माथि सबै भन्दा बढी विश्वास गर्ने र रामग्राम स्तुपलाई प्रवर्द्धन एवम् संरक्षण गर्न आफु लागिपरेकाे सबैलाई साथ सहयाेग गर्न आग्रह समेत गर्नुभयाे । रामग्राम नगरपालपकाले २५६७ओैं बुद्ध जयन्तीकाे अवसरमा रामग्रामकाे पन्डितपुर बाट रामग्राम स्तुप सम्म पहिलोपटक धातु यात्राकाे आयाेजना गरिएकोले सबै उपस्थित भई सफल बनाई दिनुहुन अनुराेध गर्नुभयाे । रामग्राम स्तुप क्षेत्रलाई पालास्टीक मुक्त घाेषणा गर्ने तयारी भईरहेकाे जानकारी दिनुभयाे ।

बाैद्धिक समाजका अध्यक्ष मनाेज हरिजन,पुर्व प्रहरी निरीक्षक राधेश्याम सिंह सैथवार, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य पुर्षाेत्तम सुवेदी,भ्रष्टाचार बिरुद्धकाे नागरिक अधिकार निगरानी संस्था नवलपरासीका अध्यक्ष तथा उपभोक्ता हकहित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञेवाली लगायतले आआफ्नो भनाइ राख्नुभएको थियाे भने कार्यक्रम सञ्चालन प्रेस क्लबका महासचिव माेहन पाैडेलले गर्नुभएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *