एतिहासिक अध्यक्ष अमित ठकुरी ।।।

0Shares

एतिहासिक अध्यक्ष अमित ठकुरी ।।।

संवाददाता वैशाख १४ । मधेशप्रदेशको सिराहा जिल्लाको साविक गाउँविकास समिति बिष्णुपुरकट्टी ३ हाल धनगढीमाई १४ का वाडा अध्यक्ष अमित ठकुरी विकासका रूप रेखा कोर्न सफल एतिहासिक वाडा अध्यक्षको रुपमा अगाडि बढेको अवस्था रहेको देखिन्छ ।

भौगोलिक रूपमा विकट यस ठाउँमा आम जनताको दैनकीसंग जोडिएका विकास निर्माणमा लागिपरेका वाडा प्रमुखज्यूले सिराहा उदयपुरका लागि बाटो खोलेर एकातिर इतिहास रच्न सफल भएका छन् भने अर्कोतिर स्थानीय धनगढीमाई १४ मा रहेको मदन भण्डारी माविमा नेपाल सरकारले घोषणा गरेको विद्यार्थी भर्ना अभियान अन्तर्गत पहिलो पटक उनको कार्यकालमा टोल बस्तीमा जुलुस सहित भर्ना अभियानको कार्यक्रम अगाडि बढ्नु अनि नेपाल सरकारले प्रदान गरेको पाठ्यपुस्तक विद्यालयमा समयमा आफै उपस्थित भएर वितरण गराउनु एउटा एतिहासिक काम भएको बुझिएको छ ।

हिजो प्राप्त भएको पाठ्यपुस्तक आज बिहान कक्षा १० का विद्यार्थीहरुलाई विद्यालय परिसरमा पुगेर वितरण गर्दै संपूर्ण विद्यार्थीलाई आजै पाठ्यपुस्तक वितरण गर्नु भएको छ । अहिलेसम्म समयमा यसरी सबै कुरा मिल्न नसकेको अवस्थामा विकासका पारखी वाडा अध्यक्ष अमित ठकुरी ज्यूकाे यो कदम सिरहाको धनगढीमाई १४ का लागि एतिहासिक भएको आम बुझाइ रहेको छ ।

विगतका दिनमा लालपुर्जा नभएका यस ठाउँमा उनको विशेष पहलमा जग्गाको नापी समेत हुने निक्षित भएको अवस्था रहेकाे देखिन्छ ।
स्थानीय विहिबारे बजारमा पुलको निर्माण अनि स्थानीय स्वास्थ्य संस्थाका लागि अति आवश्यक अक्सिजन उनको व्यक्तिगत प्रयासमा प्राप्त हुनु एउटा पक्कै पनि एतिहासीक काम भएको मान्न सकिन्छ ।
आम जनताको सेवामा २४ घण्टा अहोरात्र खटिरहेका अध्यक्ष ज्यूले स्थानीय गणेश मन्दिरको समेत निर्माण कार्य अन्तिम चरणमा पुगाउनु भएको छ ।
संग्रहमा स्थानीय जनताको भावना मुताबिक विकाशमा अघि बढ्दै आएका अध्यक्षको नगरभित्र चौतर्फी प्रसंशा हुन् थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *