तामाङ टिकटक फापरे ह्वाई प्रतियोगिता २०८३ असार १५ देखि, विजेतालाई रु. २० हजार पुरस्कार
2026-06-20थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
रास्वपाले दिएको अल्टिमेटमबारे प्रधानमन्त्री प्रचण्ड भन्छन्- समस्याको समाधान हुन्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको विवादबारे समाधान हुने बताएका छन्।
शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको स्थायी कमिटीको बैठकपछि पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै समस्याको समाधान हुने बताएका हुन्।
रास्वपाले दिएको अल्टिमेटम सकिँदैछ भन्ने प्रश्नमा उनले भने, ‘अहिले मेरो कुरा हुँदैछ। समस्याको समाधान हुन्छ।’
रास्वपाले गृह मन्त्रालय आफूले नै पाउनुपर्ने अडान राखेको थियो। गृह नपाए सरकारबाट बाहिरिने रास्वपाको चेतावनी थियो।
बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले दुई दिनको समय दिएको थियो। उक्त समय सकिन लागेको छ।
माघ १३ गते सर्वोच्च अदालतले रास्वपाका सभापति समेत रहेका रवि लामिछानेलाई नागरिकता विवादका कारण सांसद बन्न अयोग्य ठहर्याएको थियो।
त्यसपछि उनले नागरिकता पुन:प्राप्ति गरेका थिए। रास्वपाले गृह मन्त्रालय पाए सांसद वा गैरसांसदलाई पठाउने निर्णय गरिसकेको छैन।




