थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
माओवादी स्थायी समितिमा नेताहरूको धारणा- ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्छ’ ।।।
माओवादी स्थायी समितिमा नेताहरूको धारणा- ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्छ’
माघ १३, २०७९ थाङ्मीचागु डट कम संवाददाता
काठमाडौँ — नेकपा माओवादी केन्द्रका स्थायी समितिका धेरैजसो नेताहरूले राष्ट्रपति पदमा राष्ट्रिय सहमति हुनुपर्ने धारणा राखेका छन् । शुक्रबार बैठकमा बोल्ने अधिकांश नेताहरूले राष्ट्रपतिमा राष्ट्रिय सहमतिका लागि पार्टीले पहल गर्नुपर्ने उल्लेख गरे ।
‘स्थायी कमिटीमा बोल्ने अधिकांश नेताहरुले राष्ट्रिय सहमति हुनुपर्ने धारणा राखेका छन् । यस विषयमा औपचारिक निर्णय गर्न बाँकी छ’ प्रवक्ता कृष्णबहादुर महराले भने, ‘राष्ट्रिय सहमति भनेको कांग्रेस र एमालेसहित सबैको सहमति भन्ने हो ।’ महराले राष्ट्रिय सहमतिका लागि पहल गर्ने औपचारिक निर्णय गर्न बाँकी रहेको बताए ।
बिहीबारबाट पेरिसडाँडामा सुरु भएको बैठकमा शुक्रबार महरालाई पार्टी एकतासम्बन्धी, जनार्दन शर्माले संगठनसम्बन्धी र उपमहासचिव गिरिराजमणि पोखरेलले पार्टीको स्कुलिङसम्बन्धी प्रतिवेदन प्रस्ताव गरेका थिए । बैठक निरन्तररुपमा जारी रहने महराले बताए ।





