तामाङ टिकटक फापरे ह्वाई प्रतियोगिता २०८३ असार १५ देखि, विजेतालाई रु. २० हजार पुरस्कार
2026-06-20थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
७५ हजार २ सय बराबरकाे कुखुरा र दाना बरामद !!!
७५ हजार २ सय बराबरकाे कुखुरा र दाना बरामद
सुरेश यादव,नवलपरासी / पुष २२ ।
पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टाेलीले गस्ती गर्दै जाने क्रममा रामग्राम नगरपालिका वडा नं १६ माउखाेला स्थितमा आन्दाजी ३४ हजार २ सय बराबरकाे ९० जिउँ अबैध बाेईलर कुखुरा फेला पारी रितपुर्वक बरामद गरि आवश्यक कार्वाहीकाे लागि पशु क्वरेन्टाईन महेशपुर बसझाईएकाे प्रहरी नायब उपरीक्षक भाेजराज पाण्डेले जानकारी दिनुभयाे ।
त्यसैगरी आजै विशेष सुचनाकाे आधारमा सिमा प्रहरी चाैकी महेशपुर र प्रहरी चाैकी गेरमीबाट खटिएको संयुक्त प्रहरी टाेलीले पाल्हिनन्दन गाउँपालिका वडा नं ५ भगतपुरा स्थित सबिर मियाकाे फुसले छाएको छाप्राेमा रुपमा ल्याई लुकाई छिपाई राखेकाे आन्दाजी ४२ हजार मुल्य बराबरकाे ७० बाेरा गाई भैंसीलाई खुवाउने दाना फेला पारी रितपुर्वक बरामद गरि आवश्यक कार्वाहीकाे लागि महेशपुर भन्सार कार्यालय पठाईएकाे जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी पाण्डेले बताउनुभयो ।





