लोकतान्त्रिक थामी सङ्घ नेपालको प्रथम राष्ट्रिय अधिवेशन तयारी तीव्र, च्यासलमा दोलखाली एमाले नेता–कार्यकर्ताको भेला सम्पन्न।।
2026-11-21बंगलादेशमा आन्दोलन चर्कियो हिंसा र आगजनीका घटनाले जनजीवन प्रभावित
2026-11-20
Saturday, November 21, 2026
अवैध भन्सार चोरी निकासीका सामान बरामद ।।।
अवैध भन्सार चोरी निकासीका सामान बरामद ।।।
विनोद मण्डल पुस १७ । धनुषा प्रहरीले राजस्व छली गरी ल्याएको सर सामान बरामद गरेको छ ।
गत पुस १५ गते अं.१८:०० बजेको समयमा गस्तीमा खटि गएको प्रहरी टोलीले जिल्ला धनुषा सवैला न.पा. वडा नं.९ स्थित सार्वजनिक सडक खण्डमा अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी प्रदेश २-०२-००३ प २३४३ न. होण्डा साईन, ज ८ प ६०५९ न.को प्यासन प्रो., ज ६ प ६६०५ न. को ग्लामर, बा २६ प ५०४२ न. को हिरो होण्डा, नम्वर प्लेट नबुझिएको प्यासन प्रो. मोटरसाईकलहरुमा लोड गरि (अं. ५,७५,२००।- ) बरारबरका किराना खाद्यान्न लगायतको सर-समानहरु ल्याई राखेको अवस्थामा बरामद गरेको छ ।
बरामद सामान प्रहरी कार्यालयमा ल्याई आज मिति २०७९।०९।१७ गते आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाईएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।






