सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने
2026-08-22पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोप १६ वर्षीय किशोर पक्राउ
2026-08-22
Sunday, August 23, 2026
कोभिडपछि पहिलोपटक खुल्यो रसुवागढी नाका एकैदिन ५० लाख ७० हजार मूल्यको सामान निर्यात
कोभिड-१९ को महामारीपछि पहिलो पटक मंगलबार रसुवागढी नाका खुलेको छ।

नाका खुलेकै दिन नेपालबाट ५० लाख ७० हजार मूल्य बराबरको वस्तु निर्यात भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायण प्रसाद भण्डारीले बताए।
‘आठ ट्रक सामान भन्सार पास भएकोमा ६ ट्रक सामान चीन पुगेको छ,’ उनले भने। उनका अनुसार ती वस्तुको भन्सार पास एक हप्ता अघि नै भएको थियो।
कोभिड महामारीका कारण २०७६ चैतमा सरकारले नेपाल भित्रने सबै नाका बन्द गरेको थियो। त्यसयता सो नाकाबाट नेपाली वस्तुको निर्यात ठप्प थियो।
कार्यालयका अनुसार तत्कालका लागि रसुवागढी नाका मात्रै खुलेको हो। सिन्धुपाल्चोकको नाका भने नेपाली वस्तु निर्यातका लागि अझै बन्द छ। यो नाकाबाट आयात भने भइरहेको छ।





