राहत सामग्री सहित हेल्पिङ हर्ट धनगढीमाईको १३ मा ।।।।

0Shares

राहत सामग्री सहित हेल्पिङ हर्ट धनगढीमाईको १३ मा ।।।।

बिनोद मण्डल मंसिर २३ । सिरहाको धनगढीमाई १३ को भाल्टार बस्तीका एक बृद्ध महिलाको घरमा आगो लागेर घरमा भएका सबै कुरा जलेर नष्ट भएपछि विभिन्न संघ संस्था द्वारा राहत सहयोग जारी रहेको छ ।

गत मंसिर १२ गते करिब ७० वर्षीया मिलीमाया विश्वकर्माको घरमा आगो लागेर घरको सामान जलेर नष्ट भएपछि खुल्ला आकास मुनि जिउन विवस भएकी मिली मायालाई तत्काल सन्देश राईले आर्थिक सहयोग प्रदान गरेको छ भने खवर सार्वजनिक भएपछि धनगढीमाई युवा सञ्जालले समेत सहयोग प्रदान गरेको छ ।

अत्यन्त दयनिय हालतकी मिली मायाको घरमा आगो लागेको खवर समाजसेवी मनिता योञ्जन र राम निर्दोषीले स्थानिय पत्रकार विनोद मण्डललाई खवर गर्दै पीडितको घरमा पुगेर खवरको सार्वजनिक गरेपछि राहत सामग्री सहित विभिन्न संघ संस्था उनको घरमा पुग्न थालेका छन ।

घरमा रहेकी छोरी शर्मिला विश्वकर्मा विगत करिब ६ वर्षदेखि मानसिक रोगी भएको कारण अधिकांश समय जंगलमा गएर बस्ने गरेको मिली माया विश्वकर्मा बताउनु हुन्छ ।

करीब ३० वर्षीया छोरी शर्मिला बिरामी भएपछि आर्थिक अभावमा अस्पतालको सेवा सम्म पुगाउन नसकेर धामी झाक्रीबाट विगत लामो समयदेखि झारफुक गराइरहेको बताउने आमाको परिवारमा जम्मा दुई जनालाई यतिबेला ठूलो बज्रपात भएको छ ।

गत वर्ष जंगली हात्तीले घर भत्काउँदा वडा अध्यक्ष सूर्यमान तामाङकाे नेतृत्वमा स्थानियले सहयोग गरेर आमा छोरीको लागि बस्ने सानो घर बनाई दिएका थिए तर उक्त घरमा पुन आगलागी भएपछि खाने बस्ने समस्यामा रहेकी मिली माया विश्वकर्माले सहयोगको लागि आम सबै नेपाली दाजु भाइ दिदी बहिनीहरूमा अनुरोध गर्नु भएको छ ।

पीडित मिलीमाया विश्वकर्माको आर्थिक अवस्था नाजुक भएकोले वडा अध्यक्ष सूर्यमान तामाङ्गले रेडक्रस सोसाइटी सिराहालाई आवस्यक सहयोगका लागि पहल गर्नु भएको छ भने हेलपिङ हर्ट संस्थाका अध्यक्ष जिया खान र महासचिव मेराज खान सहितको टोली पीडित विकको घरमा पुगेर राहत सामाग्री हस्तान्तरण गर्दै करिब १० दिन भित्रमा घर निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *