सिरहाका सिडियोलाई कतारमा सम्मान ।।

0Shares

सिरहाका सिडियोलाई कतारमा सम्मान ।।

विनोद मण्डल मंसिर २२ । विश्व कप फुटवल प्रतियोगिता हेर्नका लागि कतार पुगेका सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीलाई सम्मान गरिएको छ ।

सिरहाका मानिसहरू जो वैदेशिक रोजगारका क्रममा विभिन्न कम्पनीहरुमा कार्यरत सिराहा बासीहरु र उनिहरुले स्थापना गरेको विभिन्न संघसंस्थाले प्रजिअ कवाडीलाई खादा र मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको सिरहा सेवा समिती कतारका सल्लाहकार सुरेश कुमार मण्डलले जनाएका छन ।

कवाडीलाई समितिका अध्यक्ष जिवछ यादव लगायतका पदाधिकारीले सम्मान गरेका थिए ।

सम्मान कार्यक्रममा बोल्दै प्रजिअ कबारीले ” सुरक्षित भएर काम गर्न र विदामा घर आउन एंव पारिवारिक घुलमिल बलियो बनाई राख्न “आग्रह गरेका थिए ।

सरकारले घोषणा गरेको प्रदेशसभा सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचन सिरहा जिल्लामा शान्तिपूर्ण सम्पन्न गराउन सफल भएका प्रजिअ कबाडी फिफा विश्वकप फुटबल प्रतियोगिता हेर्नुको साथै कतारमा पारिवारिक भेटघाट समेत गर्नु भएको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *