पत्रकारको धर्ना कार्यक्रम फिर्ता ।।।

0Shares

पत्रकारको धर्ना कार्यक्रम फिर्ता ।।।

सम्भु चाैधरी मंसिर २२ । नेपाल पत्रकार महासंघ सिराहा शाखा अन्तर्गतका पत्रकारहरुले ईलाका प्रहरी कार्यालय लहान अगाडी राखेका धर्ना कार्यक्रम फिर्ता लिएका छन् ।

सिरहाका पत्रकार प्रदीप सिंहमाथि भएकाे घटनामा आराेपित र पीडित पक्षबीच छलफल भएका छन । छलफलमा जिल्ला प्रहरी कार्यालयका एसपी अर्जुन तिम्सिना, जिल्ला समन्वय समितिका सभापति दिनेश महताे र पत्रकार महासंघ सिरहा शाखाका सभापति मनाेज बनैताकाे राेहवरमा बार्ता भएकाे छ।

बार्तामा दोषी माथि कार्वाही गर्दै कानुनी दायरामा ल्याउने सहमति पछि वार्ता साकारात्मक भएकाेले धर्नामा बसेका पत्रकारहरुलाई अध्यक्ष बनैताले सम्बोधन गर्दै धर्ना स्थगित गरिएको औपचारिक घोषणा गरेपछि नवराज गाउँपालिकाका प्रमुखले धर्नामा बसेका पत्रकारहरुलाई हात समातेर उठाएका थिए त्यसपछि धर्नाका सबै कार्यक्रम समाप्त भएकाे गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *