र्‍याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।।।

0Shares

र्‍याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।।।

विनोद मण्डल मंसिर २० । ३१ औं लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम अन्तर्गत सिरहा जिल्लाको बिष्णुपुर गाँउपालिकामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

वडा नं.०१, चोक स्थित ईलाका प्रहरी कार्यालय बिष्णुपुर सिरहा, बिष्णुपुर गाँउपालिका र महिला सशक्तिकरण समुदायिक संस्था बिष्णुपुरको संयुक्त आयोजनामा कार्यक्रम गरिएको थियो ।

बिष्णुपुर गाँउपालिकाका उपाध्यक्ष वविता सिंहको अध्यक्षता तथा बिष्णुपुर गाँउपालिकाका मेयर सत्य नारायण यादवको प्रमुख आतिथ्यमा ईलाका प्रहरी कार्यालय बिष्णुपुर सिरहका प्रहरी नायव निरिक्षक गोबिन्द कुमार खत्री तथा प्रहरी जनशक्तिहरु, ऐ.वडाको भूपु वडा अध्यक्ष गोपिन्द्र यादव, विष्णुपुर गा.पा.को स्वास्थ्यकर्मी लगायत स्थानीय अभिभावक, भद्रभलादमी, जनप्रतिनिधि तथा बुद्धिजिबिहरु समेतको उपस्थितिमा “३१ औं लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम अन्तर्गत “सभ्य समाजको पहिचान लैङ्गिक हिंसा बिरुद्धको अभियान” भन्ने राष्ट्रिय नाराका साथ बिभिन्न सचेतनामुलक प्ले कार्ड सहित “र्‍याली तथा अन्तरक्रिया कार्यक्रम” गरिएको थियो । उक्त र्‍याली बजार परिक्रमा गरी साना किसान सहकारी संस्थाको कार्यालयमा पुगी अन्तरक्रिया कार्यक्रम गरी कार्यक्रम समाप्त भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *