घर आँगनमा भलाकुसारी गर्दै सुरेश कार्की ।।

0Shares

घर आँगनमा भलाकुसारी गर्दै सुरेश कार्की ।।

संवाददाता कार्तिक १३। नेपालको राजनैतिक इतिहासमा सिरहाको धनगढीमाई नगरपालिकाको प्राकृतिक अस्पतालको सभा हलमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक रूपमै आफ्ना प्रतिबद्दताहरु जारी गर्दै सिरहाको निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि घर दैलो कार्यक्रममा होमिएका सुरेश कार्कीले आम जनताका भावना नजिकबाट नियलिरहेका छन् ।

उनले विगतका दिनहरू स्मरण गर्दै उनलाई बाल्यकालमा माया ममता प्रदान गर्नुहुने समाजका पाका उमेरका व्यक्तिलाई भेटेर राजनीतिक अनुभव बटुलेका छन् ।

भेटघाटको क्रममा कार्की भन्छन् ” संविधानमा नि:शुल्क स्वास्थ्यको संबैधानिक मौलिक अधिकार भएपनि कुनै पनि दल र सरकारले यसलाई ब्यबस्थापन गर्न नसकेका राजनीतिक दलहरुले कार्यकर्ता भनेर जनताको टाउको गनेर उनीहरुले हामीलाई जसरीपनि भोट दिन्छन् भन्ने घमण्ड र अंहकार प्रवृत्ति बोकेका र जनताको अधिकार संविधानमा छ , भन्ने सुनाउने ढाट्ने प्रवृति जसलाई दलिय भ्रष्टिकरण भनिन्छ त्यसको विरुद्धमा आफूले उम्मेदवारी दिएको ” बताउनु भएको छ ।

एक बिरामीको आँगनमा पुगेका कार्कीले वृद्ध आमा बुबाहरु
जस्ता कुनै पनि व्यक्तिले उपचारबाट बंचित हुनु नपरोस भन्ने प्रतिबद्धता समेत कार्कीले राख्दै यसका लागि आम सबै जनताले आफ्ना अधिकार सुनिश्चित गर्ने उपयूक्त समय आएकोले बेलामा चिन्तन आवस्यक रहेको धारणा राख्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *