जेष्ठ नागरिकलाई सम्मान गर्दै पालिका ।।।

0Shares

जेष्ठ नागरिकलाई सम्मान गर्दै पालिका ।।।
बिनोद मण्डल लहान १२ कार्तिक । सप्तरीको बलान बिहुल गाउँपालिकामा शुभकामना अदानप्रदान तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा जेष्ठ नागरिकहरुलाई खादा अबिर लगाएर सम्मान गरिएको थियो भने सम्मानित हुनेहरुमा भोला यादव, राम सुनैर देवी यादव, मङ्लिदेबी गोईत, मुनिलाल सल्हैता, मुनिलाल यादव, बिल्टी देवी यादव, पचिया देवी यादव लगायतका रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले “” जेष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता घर-घरमा पुर्याउने “” घोषणा गर्नु भएको छ साथै अध्यक्ष यादवले केहि समय भित्र पालिकामा एम्बुलेन्स संचालन हुने बताउदै जेष्ठ नागरिकलाई नि:शुल्क सेवा दिने स्पष्ट समेत पार्नु भयो । जनताको सेवामा समर्पित रहेकोले जनताको कामकाजमा कहिकतै समस्या आए आफुलाई तुरुन्तै जानकारी गराउन उनले आग्रह गरे ।

बौद्धिक समाज तथा सामाजिक जागरण मञ्च मल्हनियाको अध्यक्ष गंगाराम यादवको अध्यक्षता तथा बलान बिहुल गाउँपालिकाको अध्यक्ष खेमचन्द्र यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा दुनियालाल यादव, बलान बिहुल गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष राम कुमार यादव, वडा २ का अध्यक्ष ईन्द्रदेव यादव, वडा ४ का अध्यक्ष सुनिल झा, कार्यपालिका सदस्य सन्जिव कुमार शर्मा, सदस्य उमेश कुमार पासमान, देबु राम, पुर्व प्रअ दिनेश्वर प्रसाद यादव, पुर्व प्रअ तथा समाजसेवी राम प्रकाश भदेश्वार, पुर्व गाबिस अध्यक्ष छत्र नारायण यादव, समाजसेवी गया प्रसाद साह, पुर्व प्रअ सत्य नारायण साह लगायत रहेका थिए ।

कार्यक्रम बौद्धिक समाज जागरण मञ्च मल्हनियाको आयोजना तथा बलान बिहुल गाउँपालिकाको सहयोगमा सम्पन्न भएको थियो । कार्यक्रमको उदघोषण दिगम्बर यादवले गरेका थिए । कार्यक्रम बलान बिहुल गाउँपालिका १ मल्हनियामा सम्पन्न भएको थियो ।

?

Leave a Reply

Your email address will not be published. Required fields are marked *