जनचेतनामूलक कार्यक्रम सम्पन्न ।।।

0Shares

जनचेतनामूलक कार्यक्रम सम्पन्न ।।।

विनोद मण्डल कार्तिक ११ सिराहा । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज बरियारपट्टी गाँउपालिका वडा नं.०२ स्थित प्रहरी चौकी जानकीनगर सिरहाको आयोजनामा उक्त वडाको वडा अध्यक्ष राम खेलावन दासको अध्यक्षतामा प्रहरी जनशक्तिहरु, स्थानिय समुदायहरु, भद्रभलादमी तथा महिला/पुरुषहरु समेतको उपस्थितिमा “लैंगिक हिंसा बिरुद्धको जनचेतनामूलक कार्यक्रम” समपन्न गरिएको छ ।

कार्यक्रममा प्रहरी सहायक निरिक्षक सन्तोष कुमार झाले समुदायमा रहेको लैंगिक हिंसा, घरेलु हिंसा, वालविवाह गर्नु गराउनु हुँदैन भन्ने विषय वस्तुहरु कानुन बिपरित काम रहेको बताउनु भएको छ ।

कार्यक्रममा सामाजिक मुल्य-मान्यता तथा समुदायमा व्याप्त रहेको कु-प्रथा बिरुद्धको सचेतनामुलक जानकारी तथा कानूनी प्रावधानको बारेमा समेत कार्यक्रममा क्रममा जानकारी स्थानियहरुलाई गराउँदै कार्यक्रम समाप्त भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *