कांग्रेसको कार्यकर्ता भेला सम्पन्न ।।।

0Shares

कांग्रेसको कार्यकर्ता भेला सम्पन्न ।।।

विनोद मण्डल कार्तिक १० । सिरहाको सुखीपुरमा नेपाली कांग्रेस पार्टीका कार्यकर्ता भेला सम्पन्न भएको छ ।

” मुस्लिम समुदायको आव्हान बाम लोकतान्त्रिक गठबन्धनमा आधारित मतदान ” भन्ने मूल नाराका साथ नेपाल मुस्लिम संघ सिराहाद्वारा सुखिपुर नगरपालिकाको लक्ष्मण सेवा सदनको सभा हलमा आयोजित कार्यक्रममा सिराहा निर्वाचन क्षेत्र नं 2 प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका चित्रलेखा यादव, नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति रामचन्द्र यादव, मुस्लिम संघका प्रतिनिधिहरू लगायत निर्वाचन क्षेत्र नं 2 का आम जनताहरूको सहभागितामा आयोजित कार्यक्रममा प्रमुख अतिथि चित्रलेखा यादव, बिशिष्ट अथिति रामचन्द्र यादव अथितीहरु अमिय कुमार यादब, रामकुमार बाबा, मुक्तार अहमद, मदन सेन श्रीवास्तव , मो सुवान लगायत नेपाली कांग्रेस पार्टीका जिल्ला नेतृत्व, क्षत्रिय प्रतिनिधिहरू सहभागी भएका थिए ।

कार्यक्रमको उद्घाटन चित्रलेखा यादवले पानसमा दियो अर्थात् मैनबत्ती बालेर गरेका थिए । उद्दघाटन पछि कार्यक्रममा राष्ट्रिय गान गाइएको थियाे भनें लोकतान्त्रिक आन्दोलनमा सहादत प्राप्त गरेका ज्ञात अज्ञात सहिदहरुप्रति मौन धारण गरिएको समेत थियो ।

कार्यक्रमलाई औपचारिकता दिँदै मुस्लिम संघ सिरहाका सचिव सुवानले उर्दू भाषामा अथितिगणहरुलाई स्वागत भाषण गरी स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै कांग्रेसका प्रभशाली नेता मुक्तारले भन्नु भयो ” मुस्लिमलाई यदि मधेशी समुदायसँग जोड्ने हो भने गोरखाको मुस्लिमलाई कुन समुदायसँग जोड्ने ? त्यसैले हामीलाई मधेशी समुदायसँग जोडेर हेर्नु हुँदैन ” भन्ने धारणा राख्नु भएको थियो ।

कार्यक्रममा वक्ताहरुले छठ पर्वको शुभकामना आदानप्रदान गर्दै आसन्न निर्वाचनमा कांग्रेस नेतृ चित्र लेखा यादवलाई विजयको आधार तयार गर्नका लागि एक जुट भएर अघि बढ्ने धारणा राखेका थिए ।

कार्यक्रमको सुरुवातमै चित्रलेखा यादव करिब सात मिनेटको समयसम्म बोल्दै ” आफू यस क्षेत्रको छोरी, बुहारी भएको नाताले तपाईंहरूसँग अमूल्य मत माग्न तपाईहरुको घर दैलोमा आएको ” धारणा राख्नु भएको थियो ।

कार्यक्रममा बोल्दै नेता रामचन्द्र यादवले ” केन्द्रमा शेरबहादुर देउपा, प्रदेशमा कृष्ण देव यादब र जिल्ला रामचन्द्र यादवले नेतृत्व समाल्दै आएको अवस्थामा निर्धक्क भएर चुनाबी प्रचाप्रसारलाई अगाडी बढाउन जिल्लाका नेता कार्यकर्ताहरुलाई ” आग्रह गर्नु भएको थियो ।

बाक्लो नेता कार्यकर्ताहरुको सहभागितामा आयोजित कार्यक्रम दिँउसो करिब १ बजेको समयमा संचालन भएर करिब ५ बजे समापन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *