धनगढीमाई गोल्ड कपमा सलहेश युवा क्लब सिराहा विजयी ।।।

0Shares

धनगढीमाई गोल्ड कपमा सलहेश युवा क्लब सिराहा विजयी ।।।

विनोद मण्डल असाेज २५ । सिरहाको धनगढीमाई नगरपालिका द्वारा आयोजीत गोल्ड कप फुटबल प्रतियोगिताको फाईनल खेलमा सिरहाका सलहेश युवा क्लब विजय भएका छन् ।

धनगढीमाई नगरपालिकाको वडा नं १३ को डावर खेल मैदानमा भइरहेको खेलमा हिँजो बारा ११ लाई उछिन्दै सिराहा सलहेश विजय भएका हुन ।

प्रथम पुरस्कार एक लाख पचास हजार नगद र शिल्ड जित्न सिराहा सफल भएको थियो भने बारा ११ ले दोश्रो स्थानमा सुरक्षित हुदै नगद एक लाखसहित शिल्ड हात पारेका थिए ।

खेलको अन्तिम दिनमा खेल मैदानको उत्तर छेउमा राखिएको मञ्चको कार्यक्रम आयोजक कमिटीका अध्यक्ष श्रवण ठकुरीज्यूको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमूख अथिति मेयर शिवशंकर महतो, विशिष्ट अतिथि उपमेयर संगिता चौधरी अथितिहरु घनगढीमाई वडा न १४ का वडा अध्यक्ष अमित ठकुरी, वडा न १३ का सूर्यमान तामाङ, अध्यक्षहरु रामभरोसी महतो, भगलू महतो, अशोक श्रेष्ठ एनफा मधेश प्रदेशका दिनेश श्रेष्ठ लगायत स्थानिय र राष्ट्रिय स्तरका पत्रकारहरुको सहभागितामा सम्पन्न भएको अन्तिम खेलमा संपूर्ण खेलाडीहरुलाई तक्मा र प्रमाणपत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *