हिन्दु धर्मलम्बिहरुको दशैंको मुखमा नगरलाई उज्यालो बनाइँदै ।।।

0Shares

दशैंको मुखमा नगरलाई उज्यालो बनाइँदै ।।।

विनोद मण्डल असाेज १७ । हिन्दूहरूको महान चाड बडा दसैंको आगवन भए सँगै टोल बस्तीमा विद्युत लाइनको सप्लाई अर्थात् बत्तीको अभाब हुँदा स्थानीयमा चिन्ता बढेको देखिन्छ ।

स्थानीय स्तरमा रहेकाे वस्तीका मानिसहरूको घर, टोल , बाटो आदिमा उज्यालो प्रकाश थप्नका लागि अर्थात् अँध्यारो नहोस् भन्दै एक ईलेक्टिसियनले सामाजिक काम ज्यान जोखिमका बिच गरिरहेका छन् ।

नेपाल विद्युत प्राधिकरणकाे गैरजिम्मेवारीपन र स्थानिय जनप्रतिनधिको गैरजबाफदेही पनको कारण अाम जनताले देशका अधिकांश भागमा सास्ति भोग्दै आएका छन् ।

जनप्रतिनिधिहरुले आफू काम पनि नगर्ने र अरुलाई गर्नको लागि अधिकार पनि नदिने आधिकारिक व्यक्तिहरूले समयमा आफ्ना ध्यान केन्द्रित नगर्दा आम मानिसले दुःख पाउनु स्वाभाविक हो । निर्वाचनको चुनावी मैदानमा ठूला ठूला भाषण गरेर आम जनतालाई झुक्याएर जीत हात पारेका जनप्रतिनिधिहरू एका एक आम जनता प्रति बेखवर बन्नु चिन्ताको विषय बनेको अवस्था रहेको पाईन्छ ।

तराई मधेशका अधिकांश जिल्लाहरूको ग्रामीण बस्तिहरुका आम जनताको सास्तीको रूपमा रहेको विद्युत समस्या प्रति पालिका प्रमुख ज्यूहरु बेखवर बनेका छन् भने अव हिजोको दिनमा रनभुलमा पारेर ठग्ने अवस्था नरहेकाले सम्बन्धित निकायले समस्याको पहिचान गरेर उचित मूल्याङ्कन गर्दै समाधान खोज्न आवस्यक रहेको पाइन्छ । श्रोत सामाजिक सञ्जाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *