मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
यस्तो छ प्रदेशसभाका उम्मेदवारले खर्च गर्न पाउने सीमा (सूची सहित )
यस्तो छ प्रदेशसभाका उम्मेदवारले खर्च गर्न पाउने सीमा (सूची सहित )
आश्विन १६, २०७९ थाङ्मीचागु डट कम संवाददाता
काठमाडौँ — प्रदेशसभाका उम्मेदवारहरूको निर्वाचन क्षेत्रअनुसार खर्चको सीमा निर्धारण गरिएको छ । निर्वाचन आयोगले प्रत्येक निर्वाचन क्षेत्रका उम्मेदवारले खर्च गर्न पाउने सीमा आइतबार सार्वजनिक गरेको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचन क्षेत्रको मतदाता संख्या, मतदान केन्द्रको संख्या र क्षेत्रफललाई आधार मानी निर्वाचन खर्चको अधिकतम सीमा तोकेको हो ।
प्रतिनिधिसभातर्फका उम्मेदवारले २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने अधिकतम हद तोकेको आयोगले प्रदेशसभाका निर्वाचन क्षेत्रका लागि १५ लाखदेखि २३ लाख रुपैयाँ खर्च सीमा निर्धारण गरेको हो । यो निर्वाचन खर्च प्रत्यक्षतर्फको लागि मात्रै हुनेछ ।
समानुपातिकतर्फका उम्मेदवारले गर्ने खर्चको सीमा छुट्टै तोकिएको छ । प्रदेशसभाका ७० वटा निर्वाचन क्षेत्रहरूमा निर्वाचन खर्चको हद १५ लाख रुपैयाँ कायम गरिएको प्रवक्ता शर्माले जानकारी दिएका छन् । त्यस्तै, १४३ वटा निर्वाचन क्षेत्रहरूमा निर्वाचन खर्चको हद १७ लाख रुपैयाँ कायम गरिएको छ भने ५६ वटा निर्वाचन क्षेत्रहरूमा निर्वाचन खर्चको हद १९ लाख रुपैयाँ कायम गरिएको छ ।
प्रदेशसभातर्फ प्रत्यक्ष उम्मेदवार बन्ने २९ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले बढीमा निर्वाचन खर्च २१ लाख रुपैयाँ कायम गरिएको छ भने प्रदेशसभातर्फ सबैभन्दा बढी २३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने निर्वाचन क्षेत्र ३२ वटा छन् ।
प्रदेशसभाका समानुपातिकका प्रत्येक उम्मेदवारले निर्वाचन प्रचारका क्रममा १ लाख रुपैयाँसम्म खर्च गर्न पाउने आयोगले निर्णय गरेको छ ।





