बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई मातृ शोक !

0Shares

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई मातृ शोक

१३ असोज, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र एमाले नेता सुरेन्द्र पाण्डेलाई मातृशोक परेको छ ।

उनीहरुका आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा आज बिहान निधन भएको हो । मनमाया काठमाडौंको सितापाइलास्थित कान्छो छोरा दीपेन्द्र पाण्डेको घरमा बस्दै आएकी थिइन् ।

उनको आज बिहान चार बजे निवासमै निधन भएको मुख्यमन्त्री पाण्डेको सचिवालयका एक जना सदस्य रविन भुजेलले जानकारी दिए ।

मुख्यमन्त्री पाण्डे हेटौंडामा र एमाले नेता सुरेन्द्र पाण्डे चितवनमा थिए । उनीहरु आज बिहान काठमाडौं आइपुग्दैछन् । उनीहरु आइसकेपछि आजै पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने भुजेलले बताए ।

राजेन्द्र प्रसाद पाण्डे सुरेन्द्र पाण्डे

Leave a Reply

Your email address will not be published. Required fields are marked *