मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
Sunday, May 24, 2026
१२ असोज, दाङ । सल्यानको कपुरकोटमा जीप दुर्घटनामा मृत्यु हुने ८ जनाकै खनाखत भएको छ ।
१२ असोज मृत्यु हुनेमा कपुरकोट गाउँपालिका-६ जलबाँङका २१ वर्षीय चालक जीतबहादुर बोहोरा, ३७ वर्षीय धर्मा वली, ४० वर्षीय टोपबहादुर ओली, ११ वर्षीय बसन्त वली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल वली, ५५ वर्षीया कुमारी वली र ३५ वर्षीय ललित वली रहेका छन्ली ।

उनीहरू सबैको घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले जानकारी दिए ।
मृत्यु हुने सबै एउटै गाउँका बासिन्दा हुन् ।
बाँकेको ढकेरीबाट बिहेको भोज खाएर फर्कंदै गर्दा रा१ज ५६३ नम्बरको जीप सल्यान कपुरकोट-३ मुलपानीमा बिहान ३ बजे दुर्घटना भएको थियो ।
दुर्घटनामा सख्त घाइते भएका कपुरकोट गाउँपालिका-६ जलबाँङका ३५ वर्षीय तिलक वली रहेका छन् । उनको उपचार दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भइरहेको छ ।
जीप १५० मिटर तल खसेको छ । जीपमा ९ जना सवार थिए ।





