अवस्था ठिक नभएका २५ वटा सवारी साधनलाई कारबाही, १४ वटा नियन्त्रणमा

0Shares

१२ असोज ललितपुरको सातदोबाटोमा आज गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका बस,ट्याम्पो,ट्याङ्कर लगायतका २५ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गर्नुका साथै १४ वटालाई नियन्त्रणमा  लिएको छ । 

thangmichagu.com

आज दिउँसो गरिएको चेकिङको क्रममा अवस्था ठिक नभएका २५वटा सवारी साधनलाई कारबाही गरिएको र १४ वटालाई नियन्त्रणमा  लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।  नियन्त्रणमा लिएका १४ वटा सवारी साधनलाई आवश्यक  कारबाहीको लागी यातायात व्यवस्था विभाग पठाउन लागिएको छ । 

अवस्था ठिक नभएको सवारी साधन चलाउँदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले सम्भावित जोखिम कम गर्न आज दिउँसो सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक अनिल कुमार उप्रेतीको कमाण्डमा ट्राफिक प्रहरीको टोली ललितपुरको सात दोबाटो क्षेत्रमा खटिएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *