सविधान दिवसको अवसरमा शुभकामना ब्यक्त गर्दै धनगढीमई नगरपालिका ।।।

3Shares

सविधान दिवसको अवसरमा शुभकामना ब्यक्त गर्दै धनगढीमई नगरपालिका ।।।

ओम प्रकाश यादव असोज ३ । हजारौं नेपालीहरुको वलिदान, त्याग, तपस्या अनि पसिनाले ल्याइएको नेपालको संविधान २०७२ को सविधान दिवसको अवसरमा नगरपालिकाको तर्फबाट मेयर शिवशंकर महतोले शुभकामना ब्यक्त गर्नु भएको छ ।
२०७२ असाेज ३ गते घोषणा गरिएको नेपालको संविधानले २०६३ पौष १ गते ने.क.पा. माओवादी लगायत ८ वटा राजनीतिक पार्टीले हस्ताक्षर गरेको संविधान मस्यौदा अनुरूप २०६३ माघ १ गते जारी भएको अन्तरिम संविधानलाई प्रतिस्थापित गरिदिएर पूर्ण संविधान जारी भएको दिन असोज ३ गते एउटा एतिहासिक दिनकाे अवसरमा देशभरी कार्यक्रम गर्दै दिवस मनाइँदै आएको छ ।

सविधान दिवसको अवसरमा सिरहाको धनगढीमाई नगरपालिकाले एक शुभकामना सन्देश जारी गर्दै भनिएको छ ” राष्ट्रिय गौरबको एतिहासिक दिन आज सविधान दिवस तथा राष्ट्रिय दिवसको शुखद अवसरमा देशभित्र र बाहिर रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा बधाई तथा शुभकामना ब्यक्त गर्दै सविधानको पूर्ण कार्यान्वयन र संमृद् नगर निर्माण गर्दै समृद्ध देश निर्माण गर्न थप प्रेरणा गर्ने उत्साहका साथ अाजको यस महत्त्वपूर्ण दिनमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि भएका निर्णायक आन्दोलनको क्रममा आफ्नो अमूल्य योगदान गरेका ज्ञात अज्ञात वीर सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दछु ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *