थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
वडास्तरिय बाल सन्जाल चिलङ्खाले ५८औं रास्टिय बाल दिवस भब्यताको साथ मनाएको छ !!!
वडास्तरिय बाल सन्जाल चिलङ्खाले ५८औं रास्टिय बाल दिवस भब्यताको साथ मनाएको छ !!!

२९ भाद्र २०७९ उद्धबराज बुढाथोकी
दोलखा बिगु गाउँपालिका ५ लोटिङ्ग ।।

“बालमैत्रि समाजकाे आधार जिम्मेवार परिवार उक्तरदायी सरकार” भन्ने मुल नाराका साथ !!!

बिगु गाउपालिका वडा नम्बर ५ स्थित देबिटार मा.बि.को प्राङ्गणमा “बालमैत्री समाजको आधार जिम्मेवार परिवार उत्तरदायी सरकार” भन्ने मुल नाराको साथ ५८ औं बालदिवस मौसम प्रतिकुलताको बाबजुत भब्यताको साथ मनाइएको छ । कार्यक्रम वडा स्तरिय बाल संजाल चिलङ्खाको आयोजना र ओसेलिप परियोजनाको आर्थिक सहयोगमा वडाभरि रहेका प्रा.बि. तहको बालबालिकाहरुको नृत्य प्रतियोगिता सन्चालन गरियकोमा ७ वटा बिध्यालयले भाग लियका थिय उक्त वडास्तरीय नृत्य प्रतियोगितामा ।

प्रथम_स्थान : देबिटार मा.बी. लोटिङ्ग
दित्तिय_स्थान : हिमालय मा.बी. चिलन्खा
तृतीय_स्थान : हिमालिदेबी प्रा.बी. स्याखु
सान्त्वना_स्थान : सेतिदेबी आ. बि. ले प्राप्त गर्न सफल भयका थिय ।
देबिटार मा.बि. को बिब्यस अध्यक्ष प्रबिन कुमार खडकाको आतिथ्यतामा ,अभिभावकहरु लगायत बिभिन्न बिध्यालयको प्र.अ. शिक्षक विधार्थिहरु सहभागी थिय ।

नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।
यस वर्ष’ बालमैत्रि समाजकाे आधार जिम्मेवार परिवार उक्तरदायी सरकार भन्ने मुल नाराका साथ नारा बोकेर यो दिवस मनाइँदै छ ।

नेपालमा बालदिवसमा रत्नराज्य लक्ष्मीदेवी शाहले शुरु गरेको इतिहासमा उल्लेख छ । भारत भ्रमण गर्ने क्रममा उनले भारतमा माहात्मा गान्धीको जन्मदिनमा बालदिवस मनाउने गरेको र भारतका प्रभावशाली राजनेताद्वारा समाजसेवामा सक्रियताबाट प्रभावित भएर आफ्नो जन्म दिनपारी नेपाल बाल संगठन स्थापना गरी आफ्नै जन्म दिनमा बालमन्दिर मार्फत टुहुरा अनाथ बालबालिकाको संरक्षणको थालनी गरेको दिनलाई नै राष्ट्रिय बालदिवसको घोषणा गरी सो समयदेखि नियमित रुपमा बालदिवस मनाउन थालिएको हो ।

हरेक बर्ष बाल दिवस मनाइदै आए पनि बालबालिकाको अवस्थामा खासै सुधार भने हुन सकेको छैन । देशका विभिन्न स्थानमा बाल श्रम शोषणको घटना जारी रहेको, बालबालिकाको बेचविखन तथा विद्यालय जान नपाउने बालबालिकाको संख्या अझै धेरै रहेको छ । देशैनै रहेका सडक बालबालिकाको अवस्था पनि उस्तै छ ।

सबै सुबिधाले सम्पन्न परिवारका बालबालिकाको लागी प्रत्यक दिन बाल दिवस हुने गरेको छ । तर गरिबीको रेखा मुनी रहेका बालबालिकाको लागि न सरकारको तर्फबाट न कुनै पहल भयो न कुनै नीतिको निर्माण ।
सडकमा रहेका र पहुँच नभएका बालबालिकाकको लागि हरेक वर्ष मनाइने बाल दिवस शव्द र नारमा मात्र सिमित भएको छ ।
बालदिवस आफैमा एउटा महत्वपूर्ण दिवस हो । झण्डै नेपालको आधि जनसंख्या बालबालिका रहेकाले पनि बाल दिवस एउटा दिवसको रुपमा मात्र नभएर नयाँ दृष्टिकोण अपनाएर बाल अधिकारको प्रतिबद्धता पूरा गर्नु जरुरी देखिएको छ ।






