थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
फतुवा विजयपुर नगरपालिकाद्वारा ४९ करोड बजेट बिनियोजन
भदौ ३० ४९ करोड बढिको बजेट बिनियोजन गर्दै रौतहटको फतुवा विजयपुर नगरपालिकाको छैठौं नगर सभा सम्पन्न भएको छ । नयाँ आर्थिक वर्षको असार १० गतेभित्र बजेट ल्याउनु पर्ने व्यवस्था भएपनि बुधबार आयोजित नगरसभाले बजेट विनियोजन गरेको हो ।

चालु आर्थिक वर्ष २०७९/८० का लागि ४९ करोड ४९ लाख ९९ हजार रुपैयाँको बजेट बिनियोजन गरिएको प्रमुख प्रशासकिय अधिकृत शम्भु कुमार यादवले घोषणा गरेका थिए । नगरसभाले शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, यातायात, खानेपानी तथा सरसफाइ, विधुत, भौतिक पुर्वाधार निर्माण , पर्यटन तथा संस्कृति, लाई विशेष प्राथमिकतामा राखेको छ ।
नगरपालिकाको संघीय वितीय समानीकरण अनुदान १२ करोड ७९ लाख,प्रदेश वितीय समानीकरण अनुदान ९० लाख ६७ हजार,संघिय राजश्व बाँडफाँड १० करोड २ लाख ३२ हजार,प्रदेश राजश्व बाँडफाँड ३५ लाख ,संघीय सशर्त अनुदान २१ करोड ८३ लाख, आय तर्फ देखाएको छ। त्यसैगरी प्रदेश सशर्त अनुदान ८० लाख, प्रदेश समपूरक अनुदान २० लाख,प्रदेश विशेष अनुदान ३० लाख,आन्तरिक आय १ करोड ६५ लाख,मालपोत बाँडफाँड बाट प्राप्त ६५ लाख गरि कुल ४९ करोड ४९ लाख ९९ हजार बजेटको आयको प्रक्षेपण गरिएको छ ।
नगरसभामा प्रमुख अतिथि बाबुराम अधिकारी, फतुवा विजयपुरका कार्यवाहक मेयर अम्बेया खातुन,वडा अध्यक्षहरु संजय यादव ,सतिस यादव ,रामएकवाल यादव ,मंजय चौधरी , लगायतका बक्ताहरुले नगरपालिकाले प्रस्तुति गरेको बजेट जनमुखी रहेको दाबी गरेका थिए । फतुवा विजयपुरका मेयर गोपाल प्रसाद यादव अख्तियारको मुद्दामा परेर हालसम्म निलम्बित रहेकाले नगरसभामा उनी उपस्थित भएनन् ।




