राष्ट्रिय बाल दिवस: श्री कालिन्चोक माध्यमिक बिद्यालयले भब्य सब्य साथ मनाएको छ !!!

192Shares

राष्ट्रिय बाल दिवस: श्री कालिन्चोक माध्यमिक बिद्यालयले भब्य सब्य साथ मनाएको छ !!!

२९ भाद्र २०७९ सन्तोष ठान्टी थाङ्मी
दोल्खा  बिगु गाउँपालिका ८ थाङ्मीचागु । आज राष्ट्रिय बाल दिवस ।

बालमैत्रि समाजकाे आधार जिम्मेवार परिवार उक्तरदायी सरकार भन्ने मुल नाराका साथ !!!

५८ ओैं राष्ट्रिय बाल दिवस अवसरमा आयाेजक ओसेलिप परियोजना सिविन नेपालकाे सहयोगमा कालिन्चाेक माध्यमिक विध्यालयले र्यालि,बक्तित्व कला ,विभिन्न कार्यक्रम गरि भब्य सब्य रुपमा  मनाई १२  जना बालबालिकालाई पुरुस्कार समेत
पुरुस्कार वितरण समेत गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता  बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष  बिकास थामीले गर्नु भएको थियो  भने
कार्यक्रमको प्रमुख अथिति पुर्वज थाङ्मीचागुको नेता भाजु थामीको आथित्यमा भएको थियो ।
बिशिस्ट अथिती युवा नेता लाल ठान्टी थामी समाजसेवी युवा नेत्री सरिता  थामी प्रधानाध्यापक सुन्दर प्रकाश पान्डे सहप्राध्यापक रमेश शिवाकोटी निर्णयक सर मिसहरु बाट र उपस्थित सहभागी अभिभावक विद्यार्थी सहित कार्यक्रम सप्पन्न भएकाे थियाे ।

नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

यस वर्ष’ बालमैत्रि समाजकाे आधार जिम्मेवार परिवार उक्तरदायी सरकार भन्ने मुल नाराका साथ  नारा बोकेर यो दिवस मनाइँदै छ । 

नेपालमा बालदिवसमा रत्नराज्य लक्ष्मीदेवी शाहले शुरु गरेको इतिहासमा उल्लेख छ । भारत भ्रमण गर्ने क्रममा उनले भारतमा माहात्मा गान्धीको जन्मदिनमा बालदिवस मनाउने गरेको र भारतका प्रभावशाली राजनेताद्वारा समाजसेवामा सक्रियताबाट प्रभावित भएर आफ्नो जन्म दिनपारी नेपाल बाल संगठन स्थापना गरी आफ्नै जन्म दिनमा बालमन्दिर मार्फत टुहुरा अनाथ बालबालिकाको संरक्षणको थालनी गरेको दिनलाई नै राष्ट्रिय बालदिवसको घोषणा गरी सो समयदेखि नियमित रुपमा बालदिवस मनाउन थालिएको हो । 

हरेक बर्ष बाल दिवस मनाइदै आए पनि बालबालिकाको अवस्थामा खासै सुधार भने हुन सकेको छैन । देशका विभिन्न स्थानमा बाल श्रम शोषणको घटना जारी रहेको, बालबालिकाको बेचविखन तथा विद्यालय जान नपाउने बालबालिकाको संख्या अझै धेरै रहेको छ । देशैनै रहेका सडक बालबालिकाको अवस्था पनि उस्तै छ ।  

सबै सुबिधाले सम्पन्न परिवारका बालबालिकाको लागी प्रत्यक दिन बाल दिवस हुने गरेको छ । तर गरिबीको रेखा मुनी रहेका बालबालिकाको लागि न सरकारको तर्फबाट न कुनै पहल भयो न कुनै नीतिको निर्माण ।  

सडकमा रहेका र पहुँच नभएका बालबालिकाकको लागि हरेक वर्ष मनाइने बाल दिवस शव्द र नारमा मात्र सिमित भएको छ ।
बालदिवस आफैमा एउटा महत्वपूर्ण दिवस हो । झण्डै नेपालको आधि जनसंख्या बालबालिका रहेकाले पनि बाल दिवस एउटा दिवसको रुपमा मात्र नभएर नयाँ दृष्टिकोण अपनाएर बाल अधिकारको प्रतिबद्धता पूरा गर्नु जरुरी देखिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *